देउवाले चार दिन डडेल्धुराका चुनावीसभालाई सम्बोधन गर्ने
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गुहजिल्ला डडेल्धुरामा ४ दिन चुनावी कार्यक्रममा सहभागी हुने भएका छन्। डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत रहेका देउवाले कात्तिक १७ देखि २० गतेसम्म जिल्लाका सात पालिकामा हुने चुनावी सभालाई सम्बोधन गर्नेछन्।
नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदले देउवा चार दिने कार्यक्रम भ्याएर २१ गते काठमाडौं फर्किने बताए । उनका अनुसार देउवाले कात्तिक १७ गते डडेल्धुराको सदरमुकामस्थित अमरगढी बसपार्कमा आयोजित सभालाई सम्बोधन गर्नेछन्।
यस्तै, १८ गते नवदुर्गा र गन्यापधुरा गाउँपालिका, १९ गते अजयमेरु र भागेश्वर गाउँपालिकाको चुनावीसभालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । कात्तिक २० गते देउवाले आलिताल गाउँपालिका र परशुराम नगरपालिको चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ। डडेल्धुरामा सत्ता गठबन्धनबाट संघमा देउवा र प्रदेश (१) मा माओवादीका खगराज भट्ट र २ मा कांग्रेसका गोविन्द बोहरा चुनावी मैदानमा छन् ।
असोज २३ गते उम्मेदवारी दर्तासमेत वारेसनामामार्फत गरेका देउवा आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि पहिलो पटक डडेल्धुरा जान लागेका छन् । कांग्रेस जिल्ला सभापति साउदका अनुसार देउवा डडेल्धुरा विनानै सत्ता गठबन्धनले चुनावी अभियान अगाडि बढाइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
-
लुम्बिनीमा सडक ठेक्का : नेपाली, भारतीय र चिनियाँ कम्पनीको प्रतिस्पर्धा
-
ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व सङ्कलन
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
विद्यार्थीलाई पानी बोक्नैकै चिन्ता
-
तरकारी खेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण