आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अफगानिस्तानको काबुलमा शक्तिशाली विस्फोट, ठूलो क्षतिको आशङ्का

बुधबार, १६ कात्तिक २०७९, १२ : ५२
बुधबार, १६ कात्तिक २०७९

अफगानिस्तानको काबुल स्थित प्रहरी जिल्ला नं ५ मा बुधबार बिहान  शक्तिशाली विस्फोट भएको छ । सो विस्फोटमा परी ठूलो जनधनको क्षतिको आशङ्का गरिएको बताइएको छ ।

 विस्फोट निकै शक्तिशाली भएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । उनीहरुका अनुसार सो विस्फोटबाट कैयौँ मानिसको ज्यान गएको हुनसक्छ ।  उनीहरूका अनुसार स्थानीय समयअनुसार बिहान ८ बजेर १० मिनेट जाँदा जिल्ला प्रहरी कार्यालय ५ स्थित सरकारी भवन अगाडि रहेको सरकारी कर्मचारीको मिनीबसलाई लक्षित गरी विष्फोट भएको बताइएको छ ।

प्रहरीले घटनास्थललाई घेराबन्दी गरेको छ ।  विष्फोटस्थलमा पत्रकारलगायत मानिसलाई प्रवेशमा रोक लगाएको छ । यस घटनाको विस्तृत विवरण भने आइसकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप