निर्वाचनको मुखमा मजदुरी गर्न भारत जाने युवाको लर्को
सिंजा गाउँपालिका ६ जोडु गाउँका दिनेश बुढा बुधबार रुपैडिया नाका हुँदै मजदुरीका लागि भारतको सिमलातर्फ लागे । उनीसँगै गाउँका ६ युवा भोट हाल्न छाडेर भारततर्फ लागेका हुन् । उनीहरूलाई चुनावी माहौलले छोएको छैन ।
देशभर आउँदो मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशभाको निर्वाचन हुँदै छ । भोटभन्दा परिवारमा रोजीरोटी जुटाउन घर छाडेर भारत हिँडेको उनीहरूले बताए । यसअघि थुप्रै पटक भोट दिए पनि बेरोजगारी समस्या समाधान नभएको उनीहरूको गुनासो छ ।
उनका अनुसार यो वर्ष वर्षाले लगाएको आलु,कोदो,फापर मकै र सिमी लगायतका बालीहरु बगाएर बिजोग छ। घरको चुलो बाल्न पनि कठिन छ। जितेकाले पनि रोजगारी दिन नसकेकोले भारत जानुपरेको उनीहरुको गुनासो थियो ।
निर्वाचनको मुखमा घर छाड्नेहरूमा सिंजा गाउँपालिका ५ र ६ नम्बर वडाका युवा बढी छन् । उनीहरूमध्ये अधिकांशले भारतको कालापहाड,सिमला, गुजरात, दिल्ली, पन्जाबलगायत शहरमा काम गर्ने बताएका छन् । बढीजसो उनीहरू त्यहाँ सडक निर्माण,फलफूल खेतीका लागि र अन्य विभिन्न मजदुरी गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिट्ज–कार्लटन र वेस्टिन नेपाल भित्रिनु देशको पर्यटनका लागि विश्वव्यापी सन्देश हो : विनोद चौधरी
-
ईभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव
-
सरकारले भन्याे– आइतबारको बिदा खारेज गर्न लागिएको होइन
-
किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द
-
सरकारमाथि निगरानी गर्दै कांग्रेस, अब मन्त्रालयगत संयोजक सक्रिय
-
बहिर्गमनको चर्चाबारे पत्रकारले प्रश्न गरेपछि स्वास्थ्यमन्त्री मेहताले के भनिन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण