रौतहटमा प्रभुलाई समर्थन नगरेको भन्दै माओवादीले गर्यो पट्टेललाई कारबाही
रौतहट क्षेत्र नम्बर तीनका प्रतिनिधि सभाका उम्मेदवार प्रभु साहलाई समर्थन नगरेको भन्दै रविन्द्र पट्टेल ‘धिरज’ पार्टीबाट निष्कासन गरिएको छ । गठबन्धनबाट माओवादी उम्मेदवार पट्टेललाई रौतहट ३ बाट प्रतिनिधि सभा उम्मेदवार बनाएको थियो ।
प्रभुले एमालेबाट राजीनामा दिएपछि उनलाई गठबन्धनले समर्थन गर्ने निर्णय गरेको थियो । गठबन्धनको निर्णय बमोजिम माओवादी उम्मेदवार पट्टेलको उम्मेदवारी निष्क्रिय बनाएर साहलाई समर्थन गर्ने निर्णय भएको थियो । अन्तमा पट्टेलले पार्टीको निर्णयलाई अवज्ञा गरेको भन्दै पार्टीबाट निष्कासन गरिएको मधेस प्रदेशका इन्चार्ज गणेश साहले बताए ।
‘हामीले रौतहट ३ मा प्रभुजीलाई समर्थन गर्ने निर्णय गरेका थियौँ । उहाँलाई आफ्नो उम्मेदवारी निष्क्रिय बनाएर प्रभुजीलाई समर्थन गर्न आग्रह गरेका थियौ’ साहले भने, ‘पट्टेलजीले पार्टीको निर्णय अवज्ञा गर्दै उम्मेदवारी कायम राख्नुभयो । त्यसपछि पार्टीबाट कारबाही गरेका हौं ।’ पट्टेललाई कारबाही गरेपछि माओवादीसहित सत्ता गठबन्धनले प्रभुलाई समर्थन गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन माग
-
दलका प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख, दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक
-
विकार र विकृतिको समाधान समाजवाद: खनाल
-
जबलियामा इजरायली सेना र हमास लडाकुबिच भीषण संघर्ष
-
पाकिस्तान : बिजुली र आँटाको मूल्यवृद्धिको विरोधमा हिंसात्मक प्रदर्शन, तीन जनाको मृत्यु
-
इन्डोनेसियाको ‘क्लासी मोडल इन्टरनेशनल’मा प्रवीणले नेपाल चिनाउने