पाकिस्तान : बिजुली र आँटाको मूल्यवृद्धिको विरोधमा हिंसात्मक प्रदर्शन, तीन जनाको मृत्यु
मुजफ्फराबाद । पाकिस्तान प्रशासित कश्मीरमा बिजुली र आँटाको मूल्यमा सरकारी अनुदानको बाबजुद मुजफ्फराबादमा हिंसात्मक प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा तीन जनाको मृत्यु भएको छ।
घटनापछि त्यहाँको अवस्था तनावपूर्ण छ । पाकिस्तान प्रशासित कश्मीरलाई २३ अर्ब रुपैयाँ दिएपछि सरकारले सोमबार साँझ बिजुली र आँटाको मूल्य घटाउन निर्देशन दिएको हो ।
तर, यसैबिच पाकिस्तानी रेन्जर्सका जवानहरूले मुजफ्फराबादमा प्रवेश गर्न खोज्दा प्रदर्शनकारीहरूसँग उनीहरूको झडप भएको थियो । प्रदर्शनकारीहरूले उनीहरूमाथि ढुङ्गा प्रहार गरे, जसका कारण कैयौँ रेन्जरहरू घाइते भएका थिए।
ढुङ्गा हानेको जवाफमा अधिकारीहरूले हवाई फायर गरेको भिडियोहरू सोसल मिडियामा सार्वजनिक भएका छन् । तर त्यसको स्वतन्त्र रूपमा पुष्टि हुन भने सकेको छैन।
यसैबिच सीएमएच मुजफ्फराबादका डा नादिर रहमानले झडपपछि तीन जनाको शव अस्पतालमा ल्याइएको जानकारी दिएका छन् । मृतक सबैलाई गोली लागेको छ । सीएमएच अधिकारीहरूका अनुसार झडपमा धेरै मानिसहरू घाइते भएको खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण