जबलियामा इजरायली सेना र हमास लडाकुबिच भीषण संघर्ष
मङ्गलबार, ०१ जेठ २०८१, ०९ : २९
गाजा । उत्तरी गाजाको जबलियामा इजरायली सेना र हमास लडाकुहरूबिच भीषण द्वन्द्व भइरहेको छ । हमास लडाकुहरू फेरि जबलियामा भेला भएको र उनीहरूलाई हटाउने उद्देश्यले आफूहरू त्यहाँ पुगेको इजरायलले बताएको छ।
युद्धका कारण विस्थापितहरूले जबलियाको शरणार्थी शिविरतर्फ ट्याङ्कहरू जाँदै गरेको आफूहरूले देखेको बताएका थिए । जबलियामा शनिबारदेखि भारी बम विस्फोट भइरहेको छ। प्यालेस्टिनी सशस्त्र समूहहरूले त्यहाँको शरणार्थी शिविरहरूमा इजरायली सैनिकहरूसँग लडिरहेको बताइएको छ।
यसैबिच, संयुक्त राष्ट्रसंघले हालसम्म ३ लाख ६० हजार मानिस रफाहबाट विस्थापित भएको जनाएको छ । गत हप्तादेखि इजरायलले यहाँ आफ्नो कारबाहीलाई तीव्र पारेको थियो।
कम्तीमा १० लाख प्यालेस्टिनी शरणार्थीहरू यहाँ बसिरहेका छन्। इजरायली सेनाले रफाहलाई खाली गर्न भनेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण