विकार र विकृतिको समाधान समाजवाद: खनाल
काठमाडौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले देशका सम्पूर्ण विकृति र विकारको समाधान समाजवादमार्फत मात्र गर्न सकिने बताएका छन् ।
अनेरास्ववियूको ६० औँ स्थापना दिवस एवं युवा सङ्घ नेपालको ३५ औँ स्थापना दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता समेत रहेका खनालले देश समाजवादी क्रान्ति र रूपान्तरणको युगमा प्रवेश गरे पनि चौतर्फी सङ्कटबाट गुज्रिरहेको बताए ।
नेता खनालले बढ्दो बेरोजगारी र शैक्षिक दिशाहीनताले देशका होनहार श्रमजीवी युवाहरू विदेश पलायन हुन बाध्य भइरहेको भन्दै त्यसलाई रोक्नुपर्ने बताएका छन् । ‘यस्तो अवस्थामा देशका समस्त वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक र समाजवादी युवाहरू एकजुट हुनु जरुरी छ र जनताका तत्कालीन समस्या समाधान गर्न जन परिचालन गर्दै समाजवाद तिरको यात्रालाई तीव्र र व्यापक पार्नु जरुरी छ’, खनालले भनेका छन् ।
साथै उनले आजका सम्पूर्ण समस्या, विकार र विकृतिको एकमात्र समाधान समाजवाद मात्र भएको बताएका छन् ।
‘समाजवादले मात्र शोषण, उत्पीडन, भ्रष्टाचार र बेरोजगारीलाई समाधान गर्न सक्छ । त्यसैले ‘यात्रा समृद्धिको र लक्ष्य समाजवाद’को भन्ने महत्त्वपूर्ण नारालाई दृढतापूर्वक समातौँ, समाजको प्रधान अन्तर्विरोध र प्रमुख निशानालाई होसियारीपूर्वक ठम्याउँदै दलाल पुँजीवाद र त्यसलाई प्रतिनिधित्व गर्ने मुख्य प्रतिक्रियावादी शक्तिका विरुद्ध निशाना केन्द्रित गरौँ’, खनालले आह्वान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्नहाम बने बेलायतका ५९ औँ प्रधानमन्त्री, राजा चार्ल्सद्वारा सरकार गठनको आह्वान
-
चुरे संरक्षण र कृषि औजार कारखानाको दुर्दशा : सरकारी दाबी र यथार्थ फरक रहेको सांसदहरूको आरोप
-
रोशी खोलाले बगाएर काभ्रेमा एक जनाको मृत्यु
-
बजेट नआए पनि सुदूरपश्चिममा नियमित प्रशासनिक काम राेकिँदैनन् : अर्थमन्त्री धामी
-
बागमतीमा कम्युनिस्ट गठबन्धनलाई प्राथमिकता दिने दुई दलको नीति
-
स्पेनको दोस्रो विश्वकप उपाधि : युवा खेलाडी र उत्कृष्ट रणनीतिको कमाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण