३७४३ मतका साथ रवि लामिछानेको अग्रता
बुधबार, ०७ मङ्सिर २०७९, ०० : २८
चितवन क्षेत्र नम्बर २ मा ३७४३ मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता बनाएका छन् ।
हालसम्म २० हजार ३०३ मत गणना हुँदा रविले ८८८२ मत पाएका छन् भने एमालेका कृष्णभक्त पोखरेलले ५१३९ मत पाएका छन् ।
यस्तै नेपाली कांग्रेसका उमेश श्रेष्ठले ४९१६ मत पाएका छन् ।