शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकतर्फ कर्णालीमा कमजोर, बागमतीमा वर्चश्व

शनिबार, १० मङ्सिर २०७९, १२ : २३
शनिबार, १० मङ्सिर २०७९

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ । मतगणनाको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ ७ लाख ९७ हजार ८२२ मत प्राप्त गरी तेस्रो स्थान ओगटेको छ । यो पार्टीले समानुपातिकतर्फ प्रदेशगत रुपमा बागमती प्रदेशबाट सर्वाधिक र कर्णाली प्रदेशमा कम मत प्राप्त गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले बागमती प्रदेशबाट समानुपातिकतर्फ २ लाख ५४ हजार ३१ मत प्राप्त गरेको छ । यस्तै कर्णाली प्रदेशबाट भने हालसम्म जम्मा १७ हजार ४६९ मतमात्र प्राप्त गरेको छ । यो पार्टीले अहिलेसम्म प्रदेश १ बाट एक लाख ४२ हजार २५३, मधेस प्रदेशबाट ३४ हजार ९२६, गण्डकी प्रदेशबाट एक लाख ५६ हजार ४८८, लुम्बिनी प्रदेशबाट एक लाख ५९ हजार २५५ र सुदूरपश्चिम प्रदेशबाट ३३ हजार ४०० मत पाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप