फुटबल, भलिबल र बास्केटबल आयातमा बाहिरियो साढे २ करोड

चालू आर्थिक वर्ष २०७९÷८० को ४ महिनाको अवधिमा २ करोड ३५ लाख रूपैयाँ बराबरको फुटबल, भलिबल र बास्केटबल आयात भएको छ । भन्सार विभागले जारी गरेको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा उक्त मूल्य बराबरको बल भित्रिएको हो ।
विभागको तथ्यांकमा फुटबल, भलिबल र बास्केटबल लगायत सम्पूर्ण हावा भर्ने बलहरू एउटै एचएस कोडमा राखिएको छ । तथ्यांकअनुसार यस अवधिमा १ लाख ३६ हजार वटा बल भित्रिएका छन् ।
यसबापत आयातकर्ताले सरकारलाई ५८ लाख २४ हजार रुपैयाँ बराबरको राजश्व बुझाएका छन् । गत आर्थिक वर्ष २०७८÷८९ मा विदेशबाट साढे ८ करोड रुपैयाँ बराबरको यस्ता बल भित्रिएका थिए ।
यस्तै, यस अवधिमा १ लाख ८१ हजार रुपैयाँको गल्फ बल र ७ लाख ७८ हजार रुपैयाँ बराबरको टेनिस बल भित्रिएको छ । यसैगरी, यही अवधिमा ३ करोड ५८ लाख रुपैयाँ बराबरको टेनिस र गल्फ लगायत क्रिकेट बल एकमुष्टरूपमा भित्रिएको तथ्यांक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३५ प्रतिशतसम्म क्यासब्याक र विभिन्न उपहारसहित एलजीको नयाँ वर्ष अभियान जारी
-
भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
-
नयाँ वर्षमा दोलखाको हनुमन्तेमा मेला लाग्ने
-
गण्डकीमा ४३ हजार एक सय ६४ विद्यार्थी एसइई दिँदै
-
तनहुँमा ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु, २ जना घाइते
-
नयाँ मन्त्रीको शपथ दिउँसो ३ बजे हुने