गिरुवारी खोलामा पुल भाँचिदा रोकिएका सवारी वैकल्पिक बाटोबाट सञ्चालन

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको चोरमारामा गिरुवारी खोलाको पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक बाटो हुँदै सञ्चालनमा आएका छन् ।
गए राति पुल भाँचिएपछि नारायणगढ–बुटवल सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । पुल भाँचिएपछि रोकिएका सवारी अहिले वैकल्पिक बाटो हुँदै पठाउने कार्य गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।
पश्चिमतर्फ छुटेका सवारी चोरमारा बजारबाट दक्षिणतर्फ तम्सरिया गाउँ हुँदै खोला तरेर रानीटारबाट फूलबारी–भिउरान हुँदै अरुणखोलास्थित राजमार्ग निस्किरहेका छन् । खोलामा पानी नभएका कारण सवारीसाधन वैकल्पिक बाटोबाट सञ्चालनमा समस्या नभएको उनले बताए ।
पश्चिमबाट पूर्वका लागि छुटेका सवारी चोरमारास्थित फूलबारीबाट दक्षिणतर्फ लागी रानीटार, तम्सरिया गाउँ हुँदै चोरमारास्थित राजमार्गमा निस्कन सक्ने उनले बताए । ठूला लरीहरू भने मोड नपुग्ने कारण उक्त बाटोबाट सञ्चालनमा रोक लगाइएको छ । भाँचिएको पुलबाट समेत पूर्ण रूपमा सवारी आवतजावत गर्न रोक लगाइएको छ । पुल तत्काल सञ्चालन हुने सम्भावना नभएको प्रहरी नायब उपरीक्षक नेपालले बताए । गए राति क्लिङकर बोकेको ट्रक पार गर्दै गर्दा पुल भाँचिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित भक्तपुरबाट युवक पक्राउ
-
वीरगञ्जका विद्यालयमा बिहान पठनपाठन
-
जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ
-
१० महिनामा सरकारको पुँजीगत खर्च ३४ प्रतिशत, ६५ प्रतिशत राजश्व संकलन
-
सम्बन्धहरू फूलजस्तै हुन्छन् !
-
करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन