गिरुवारी खोलामा पुल भाँचिदा रोकिएका सवारी वैकल्पिक बाटोबाट सञ्चालन
नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको चोरमारामा गिरुवारी खोलाको पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक बाटो हुँदै सञ्चालनमा आएका छन् ।
गए राति पुल भाँचिएपछि नारायणगढ–बुटवल सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । पुल भाँचिएपछि रोकिएका सवारी अहिले वैकल्पिक बाटो हुँदै पठाउने कार्य गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।
पश्चिमतर्फ छुटेका सवारी चोरमारा बजारबाट दक्षिणतर्फ तम्सरिया गाउँ हुँदै खोला तरेर रानीटारबाट फूलबारी–भिउरान हुँदै अरुणखोलास्थित राजमार्ग निस्किरहेका छन् । खोलामा पानी नभएका कारण सवारीसाधन वैकल्पिक बाटोबाट सञ्चालनमा समस्या नभएको उनले बताए ।
पश्चिमबाट पूर्वका लागि छुटेका सवारी चोरमारास्थित फूलबारीबाट दक्षिणतर्फ लागी रानीटार, तम्सरिया गाउँ हुँदै चोरमारास्थित राजमार्गमा निस्कन सक्ने उनले बताए । ठूला लरीहरू भने मोड नपुग्ने कारण उक्त बाटोबाट सञ्चालनमा रोक लगाइएको छ । भाँचिएको पुलबाट समेत पूर्ण रूपमा सवारी आवतजावत गर्न रोक लगाइएको छ । पुल तत्काल सञ्चालन हुने सम्भावना नभएको प्रहरी नायब उपरीक्षक नेपालले बताए । गए राति क्लिङकर बोकेको ट्रक पार गर्दै गर्दा पुल भाँचिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
-
इरान र कतारबिच अमेरिका–तेहरान वार्ता मध्यस्थताबारे छलफल
-
माडीमा प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक
-
सामाजिक सञ्जालमा सुनचाँदी र नगदको ‘रिल्स’ बनाउनु पर्यो महँगो, चोरले घरमै पुगेर लुटे लाखौँको सम्पत्ति
-
चलचित्र ‘लालीबजार’को अहिलेसम्मको आम्दानी कति ?
-
पाकिस्तानको उत्तर–पश्चिम क्षेत्रमा सैन्य कारबाही तीव्र, २७ जना मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण