विहीबार, १९ माघ २०७९
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अक्सिजन घट्नेछ, पानीमा विष घोलिनेछ, यसरी आउनेछ छैटौँ महाविनाश : वैज्ञानिकले तोकिदिए समय

बुधबार, १४ मंसिर २०७९, १२ : ५८
बुधबार, १४ मंसिर २०७९

प्रलय, सर्वनाश वा सामूहिक विनाश त्यो अवस्थालाई भनिन्छ जब एकैपटक पूरा प्रजाति धर्तीबाट गायब हुन्छन् । यसबारे बुझ्नका लागि सबैभन्दा पहिला पहिलो विनाशबारे जानकारी लिऔँ । लगभग ४४३ मिलियन वर्ष अघि पहिलो प्रलय आएको थियो । यसलाई एन्ड–अर्डोविसियन भनियो । यतिबेला धर्तीमा जति पानी थियो, सबै बरफ भए । समुद्र र त्योभन्दा बाहिर चिसोले जीव मर्न थाले । यतिबेला लगभग ८६ प्रतिशत प्रजाति नष्ट भए । बाँकी भएकाहरुले आफूलाई नयाँ परिवर्तन अनुसार आफूलाई ढाले । सन् २०१७ को करेन्ट बायलोजी जर्नलमा यसबारे विस्तृत जानकारी दिइएको छ ।

दोस्रो पटक प्रलय लगभग ३५९ देखि ३८० मिलियन वर्ष अघि आयो । यसको पक्का मिति वैज्ञानिकलाई पनि थाहा छैन । यसलाई एन्ड डेवोनियन भनियो । धर्तीमा ज्वालामुखी अचानक सक्रिय हुन थाले र अक्सिजनको स्तर कम हुन थाल्यो र प्रजातिहरु नष्ट हुन थाले । यो यति भयानक थियो कि त्यतिबेलाका ७५ प्रतिशतभन्दा बढी प्रजाति नष्ट भए । यतिबेला थुप्रै माछा र कोरल नष्ट भए । रोचक के भयो भने छोटो कद र तौल भएका प्रजाति जस्तै टेट्रापोड बाँच्न सफल भए । यहिँबाट एम्फिबियन, रेप्टाइल र म्यामलको वर्गीकरण सुरु भयो ।

अब कुरा गरौँ तेस्रो प्रलयको जसलाई एन्ड पर्मिअन भनिन्छ । लगभग २५१ मिलियन वर्ष अघि भएको यो सामुहिक विनाशको जिम्मेवार साइबेरियाका ज्वालामुखी थिए । ती फुट्न थाले । समुद्र र हावामा विष र एसिड फैलन थाले । यहाँसम्म कि ओजोनको पत्रसमेत फुट्यो । यसबाट खतरनाक विकिरण निस्कन थाले । यतिबेला निस्केका विकिरणले थुप्रै जंगल नष्ट भए । यो समयलाई चारकोल ग्याप पनि भनिन्छ । त्यतिबेला फंगसबाहेक धेरैजसो प्रजाति नष्ट भए ।

लगभग २१० मिलियन वर्ष अघि चौथोपटक धर्तीमा ताण्डव मच्चियो जसलाई एन्ड ट्रिएसिक भनियो । यसबेला पनि ज्वालामुखी बिस्फोट भए तर साइबेरियामा होइन, धर्तीका अन्य स्थानमा । यो विनाशमा लगभग ८० प्रतिशत प्रजाति नष्ट भए । डायनासोर र गोहीका पूर्वजमात्रै बाँचे जसलाई क्रोकोडिलोमार्फ्स नाम दिइएको छ ।

अन्तिम र पाँचौ सामूहिक विनाशलाई एन्ड क्रिटेशिअस भनियो । यो त्यहि समय हो जब डायनासोर धर्तीबाट गायब भए । लगभग ६५.५ मिलियन वर्ष अघि आएको यो प्रलयको सिद्धान्तमा लामो समयदेखि बहस चलिरहेको छ कि आखिर यसको कारण के थियो । यतिबेला एउटा क्षुद्रग्रह धर्तीसँग ठोक्कियो, यो कुरा सबैले मान्छन् तर यो ठोक्किएको भरमा अक्सिजन कसरी नष्ट भयो ? के यसैका कारण डायनासोरजस्ता बलिया प्रजाति नष्ट भयो ?

कारणमाथि बहसबीच यो कुरा सबैले माने कि वातावरणमा कार्बन डाइअक्साइड बढ्यो र अक्सिजनको स्तर एकदमै तल गयो । यतिबेला ७६ प्रतिशत प्रजाति लोप भए ।

अब पालो आउँछ छैटौँ विनाशको जसबारे वैज्ञानिकले कुरा गर्न थालेका छन् । यो कसरी हुनेछ ? कहिले हुनेछ । ९० को दशकमा चर्चित जीवाश्म वैज्ञानिक रिचर्ड लिकेले मानिस नै छैटौँ विनाशका लागि जिम्मेवार हुनेछन् भनेर चेतावनी दिएका थिए । स्मरण रहोस्, यसअघि आएका पाँचैवटा विपत्ति प्राकृतिक थिए । कुनै जीव–जन्तुका कारणले होइन । तर यसपटक धेरै खतरा छ किनभने मानिसको क्रियाकलापले धर्तीमा अक्सिजनको स्तर कम भइरहेको छ । यसको सुरुवात भइसकेको पनि छ । वास्तवमा प्रलय बिना पनि धर्तीबाट लगातार थुप्रै प्रजाति नष्ट भइरहेका छन् । यसलाई ब्याकग्राउन्ड रेट भनिन्छ । फोसिल रेकर्डस्ले धेरैजसो यसबारे कुरा गर्छन् । यो त सामान्य कुरा भयो तर मानिसका कारण धर्तीमा प्रजाति गायब हुने गति लगभग सय गुणा तेज भइसकेको छ । अर्थात् हाम्रो कारण सय गुणा गतिले जीव–जन्तुको विनाश भइरहेको छ ।

प्रोसिडिङ्स अफ नेशनल एकेडेमी अफ साइन्सेज (पीएनएएस) मा वैज्ञानिकको समूहले लगातार यसबारे अनुसन्धान गरिरहेका छन् । छैटौँ सामूहिक विनाशलाई होलोसिन वा एन्थ्रोपोसिन एक्सटिङसन नाम दिइएको छ । यसमा ब्याक्टेरिया, फंगी र बोट–बिरुवा मात्रै होइन मानिस, रेप्टाइल्स, पंक्षी, माछा सबै नष्ट हुनेछन् । र, यसको मुख्य कारण बन्नेछ मौसम परिवर्तन ।

जुन गतिमा धर्ती तातो भइरहेको छ र महासागरमा बरफ पग्लिरहेका छन् वैज्ञानिक यसको तुलना ज्वालामुखी अचानक फुट्नुसँग गरिरहेका छन् । यसले पानी यति तातो हुनेछ कि त्यसमा अक्सिजनको स्तर घट्न थाल्नेछ । नतिजा, समुद्र जीव–जन्तु मर्न थाल्नेछन् । सुरुवात पानीबाट नै हुनेछ त्यसपछि यसको असर हावामा पुग्नेछ र बिस्तारै एकैपटक धेरै प्रजाति नष्ट हुनेछन् । तपाईं–हामीसमेत ।

यो दाबी यत्तिकै गरिएको होइन, ब्याकग्राउन्ड रेट १०० गुणा हुनेबित्तिकै यो सुरु भइसकेको छ । वातावरणमा तातो र विषालु हावाको कुरा त भइ नै रहेको छ । बढ्दो तापक्रमले लगातार थुपै्र्र देशमा डढेलोले विध्वंश निम्त्याएको छ । अघिल्लो वर्ष गर्मीमा चिसो युरोपेली देशमा उकुसमुकुस गर्मीले मानिस आत्तिएका थिए । यहाँसम्म कि अफिस बन्द नै गर्नुपरेको थियो । माटोमा त्यति उब्जनी भइरहेको छैन ।

विश्वका थुप्र्रै देशमा बेमौसमी आँधी, खडेरी देखिएको छ । भूकम्प पनि लगातार गइरहेको छ । सबैभन्दा खराब कुरा के छ भने अहिले पनि सम्हालिनुको साटो जंगल फँडानी भइरहेको छ । यूएन फुड एन्ड एग्रिकल्चरल अर्गनाइजेशनको हिसाबले सन् २०१५ पछि हरेक वर्ष लगभग २४ मिलियन एकड जंगल फँडानी भइरहेका छन् ।

प्रलय कहिले आउनेछ त्यसबारे यकिनका साथ जानकारी प्राप्त नभएपनि थुप्रै वैज्ञानिकले यसबारे भिन्न–भिन्न दाबी गरिरहेका छन् । साइन्स एडभान्सेजमा म्यासाचुसेट्स प्रोद्योगिक संस्थानका प्लानेटरी साइन्सेज विभागले आफ्नो शोधको आधारमा सन् २१०० को आसपास यस्तो हुनेछ । तर जुन हिसाबले धर्ती गर्मी भइरहेको छ, विनाश यसअघि नै आउनसक्ने अनुमान पनि गरिएको छ ।

विभिन्न एजेन्सीकाे सहयाेगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

एजेन्सी
एजेन्सी
लेखकबाट थप