‘डिसेम्बर फल्स’ दर्शकले रुचाउँछन् – आर्यन

अभिनेता आर्यन सिग्देलको फिल्म क्षेत्रमा रोमान्टिक नायकको परिचय छ । उनले अभिनय गरेका धेरै फिल्म रोमान्टिक छन् । जुन चलेका पनि छन् । रोमान्टिक फिल्म राम्रो चलिरहेको समय उनले एक्सन र कमेडी रोजे । तर उनलाई एक्सन र कमेडीमा दर्शकले रुचाएनन् । अहिले पनि उनलाई त्यही असफलताले पोलिरहेको छ ।
आर्यनको अहिले फिल्म ‘डिसेम्बर फल्स’ आउने तरखरमा छ । यो फिल्मबाट उनी निकै आशावादी छन् । फिल्ममा उनको जोडी अभिनेत्री उपासनासिंह ठकुरी बनेकी छन् । फिल्ममा उनको रोमान्टिक एक्सन दुबै रहेको निर्माण युनिटले जनाएको छ ।
फिल्मलाई दर्शकले मन पराउने आर्यनले बताए । ‘फिल्ममा म भएपछि एक्सन र रोमान्स दुवै हुन्छ’, आर्यनले भने, ‘डिसेम्बर फल्स’ एक्सन, रोमान्स, कमेडी सबै मसलाले भरिएको छ ।’ प्रविण झाले निर्देशन गरेका हुन् । फिल्ममा आर्यान र उपासनाको अलवा सलोन बस्नेत, सुमन थापा, नागेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराई लगायतको अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैशाख मसान्तसम्ममा सयौँ योजनामा एक अर्बभन्दा बढी बजेट रकमान्तर
-
‘अन्नपूर्ण आरोहणको हीरक महोत्सव’
-
विद्यालय शिक्षा विधेयकलाई टुङ्गोमा पुर्याउन गम्भीर छु : शिक्षामन्त्री
-
सारा र सिद्धान्तको ब्रेकअप !
-
गोनोरियाविरुद्ध विश्वकै पहिलो खोप लञ्च गर्दैछ बेलायत
-
तालिमको अभ्यासमा रुसले गरेको आक्रमणमा मारिए ६ युक्रेनी सेना