शाही सदस्य हुँदा मेघन मर्केललाई ज्यान मार्ने धम्की
बेलायती राजकुमार ह्यारीकी पत्नी मेघन मर्केलले ‘घृणित’ खतराहरूको सामना गर्नुपरेको बेलायतका सबैभन्दा वरिष्ठ पुलिस अधिकारीले बताएका छन् । काउन्टर टेररिज्मको प्रमुखको हैसियतमा उनले मेघन मार्कल र उनका पति प्रिन्स ह्यारी विरुद्ध अति दक्षिणपन्थी चरमपन्थीहरूको धम्कीको सामना गर्नुपरेको नील बसुले बताए ।
नीलको यो भनाइ राजकुमार ह्यारीले आफूलाई सुरक्षा खतरा रहेको भन्ने यसअघि गरेको दाबीसँग मेल खान्छ । टेलिभिजनकर्मी मेघनले सन् २०१८ मा राजा चार्ल्स तृतीयको कान्छो छोरासँग विवाह गरेकी थिइन् । उनीहरूले सन् २०२० मा शाही जीवन त्यागेर अमेरिका गएका थिए ।
लन्डनको मेट्रोपोलिटन पुलिस सेवाबाट ३० वर्षपछि राजीनामा दिँदै गरेका ५४ वर्षीय बासुलाई मेघनको जीवनमा साँचो खतरा छ कि भनेर सोधिएको थियो। त्यसको जबाफमा उनले ‘बिल्कुल’ भन्दै धम्कीहरूलाई ‘घृणित र वास्तविक’ भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किशोरीलाई ‘आँखा झिम्क्याएको निहुँ’मा प्रहरी जवानको हत्या
-
बारले उठायो सर्वोच्चको न्यायाधीश नियुक्ति र प्रधानन्यायाधीशको संवैधानिक परिषद्मा सहभागितामा प्रश्न
-
चिन स्ट्रयापमा झुन्डिएर व्यायाम गर्न खोज्दा पुरुषको मृत्यु
-
अख्तियारको कर्मचारी भन्दै विद्यालयका शिक्षक धम्क्याएको आरोपमा पक्राउ
-
हिरामन्डी : चर्चामा अदितिको ‘गजगामिनी चाल’
-
संसदीय छानबिन समितिको टीओआरका विषयमा कांग्रेसले फेरि माग्यो समय