सरकारले तोक्यो कफीको न्यूनतम् समर्थन मूल्य
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कफीको न्यूनतम् समर्थन मूल्य तोकेको छ । प्रत्येक वर्ष मूल्य निर्धारण गर्ने प्रचलनअनुसार बोर्डले देशमा उत्पादन हुने कफीको मूल्य निर्धारण गरेको हो ।
बोर्डले कफीको फ्रेस चेरी (ताजा दाना) र तयारी कफीको छुट्टा–छुट्टै मूल्य निर्धारण गरेको छ । फ्रेस चेरी (ग्रेड ए) को मूल्य प्रतिकिलो ९५ रूपैयाँ र ग्रेड बी को मूल्य ८५ रूपैयाँ कायम भएको छ । यस्तै, तयारी (प्रशोधित) कफीतर्फ ग्रेड ए को मूल्य प्रतिकिलो ४७५ रुपैयाँ र ग्रेड बी को मूल्य प्रतिकिलो ४२० रुपैयाँ तोकिएको छ । सरकारले प्रत्येक वर्षको मंसिर १ गतेलाई राष्ट्रिय कफी दिवसका रूपमा मनाउँदै आएको छ । र, सोही दिन कफीको मूल्य निर्धारण गर्दै आइरहेको छ ।
तर, यसपटक प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनका कारणले ढिलागरी मूल्य निर्धारण भएको हो । यद्यपि, नयाँ मूल्य भने मंसिर १ गतेदेखि नै लागू भइसकेको बोर्डले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको मौसम र अहिलेको राजनीति उस्तैउस्तै होः अध्यक्ष नेपाल
-
विकराल बन्दै डढेलो
-
काठमाडौँमा 'सफल ह्याप्पी काउ मिल्क' उपलब्ध
-
सरकारी जग्गा व्यक्तिको नाममा गर्ने अमिनविरुद्ध आरोपपत्र दायर
-
गाउँपालिका उपाध्यक्ष र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?