खोलामा डुबेर चितवनमा १६ वर्षीय युवकको मृत्यु
शनिबार, १७ मङ्सिर २०७९, १९ : १२
चितवनको शक्तिखोरस्थित कयर खोलामा पौडी खेल्दै गरेका एक जनाको डुबेर ज्यान गएको छ ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरहरि अधिकारीका अनुसार कालिका नगरपालिका-९ शक्तिखोरको कयर खोला बाँधमा पौडी खेल्न गएका १६ वर्षीय मनिष श्रेष्ठको आज दिउँसो डुबेर ज्यान गएको हो ।
प्रहरीले घटनाका सम्बन्धमा अन्य अनुसन्धान सुरू गरेको जनाएको छ । –न्युज कारखाना