साढे ४ महिनामा २ खर्ब ९६ अर्ब राजस्व संकलन, विकास खर्चभन्दा वित्तीय भुक्तानी धेरै

चालु आर्थिक वर्षको साढे ४ महिनाको अवधिमा सरकारी खर्च र आम्दानी लगभग उस्तै देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार मंसिर १९ गतेसम्म ३ खर्ब २५ अर्ब २६ करोड ९२ लाख रुपैयाँ राजस्व संकलन भइराख्दा यता सरकारको खर्च ३ खर्ब ९२ अर्ब ४३ करोड ९८ लाख रूपैयाँ भएको हो ।
खर्च आम्दानीको अन्तर हेर्दा समीक्षा अवधिसम्ममा ६७ अर्ब १७ करोड ६ लाख रुपैयाँले बढी खर्च भएको देखिन्छ । यद्यपि, यस्तो खर्च अधिक नियमित (चालु खर्च) मा नै भएको तथ्याङ्कले देखाउँछ ।
आर्थिक वर्ष २०७९÷८० का लागि सरकारले कुल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट छुट्याएकोमा मंसिर १९ गतेसम्म चालु खर्चतर्फ मात्र कुल बजेटको २२ प्रतिशत अर्थात् ३ खर्ब १९ अर्ब ४९ करोड ७८ लाख रुपैयाँ खर्च भएको देखिन्छ ।
यस्तै विकास (पुँजीगत खर्च) तर्फ भने हालसम्म जम्मा २९ अर्ब ५३ करोड १७ लाख रुपैयाँ मात्र हुन सकेको छ । जुन विनियोजित बजेटको ७.७६ प्रतिशत मात्र हो । समीक्षा अवधिमा सरकारले विदेशी ऋण, ब्याज तथा विविध आर्थिक सहायता भुक्तानी (वित्तीय व्यवस्थापन) का लागि हालसम्म ४३ अर्ब ४१ करोड ३ लाख रुपैयाँ खर्च गरिसकेको छ । जुन विकास खर्च भन्दा १३ अर्ब ८७ करोड ८६ लाख रुपैयाँले बढी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षाको सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री
-
क्रिकेटमा विवाद: दोषी को ? क्यान अध्यक्ष चन्द र खेल पत्रकार तिमल्सिनासँग वारपार || Live ||
-
अवरुद्ध लुम्बिनी प्रदेश सभा बैठक सुचारु
-
सुगाले डाक्टरलाई घाइते बनाइदियो : मालिकलाई १ करोडभन्दा बढी जरिवाना र जेल सजाय
-
१६ वर्षीया किशोरीलाई भारतमा बेचेको आरोपमा ६ जना पक्राउ
-
राष्ट्रपतिका लागि सर्वस्वीकार्य व्यक्ति कांग्रेसमा मात्रै छ : नेता कार्की