कलैया उपमहानगरपालिकाको ग्रेडर र ट्रयाक्टरको ब्याट्री चोरी

सिंचाइ कार्यालय परिसरबाट आइतबार राति कलैया उपमहानगरपालिकाको ग्रेडर र ट्रयाक्टरको ब्याट्री चोरी भएको छ । रातको समयमा पार्किङ गरेर राखिएको एउटा ग्रेडर र ५ वटा ट्रयाक्टरको ब्याट्री चोरी भएको हो ।
कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले ग्रेडरको १५० एम्पीयरको दुईवटा र ट्याक्टरको सय एम्पियरको पाँच वटा ब्याट्री चोरी भएको हो । उपमहानगरपालिकाले पछिल्लो एक महिनादेखि कलैया ५ स्थित सिंचाइ कार्यालय परिसरमा गाडी राख्दै आएको थियो । साहले लगभग ३ लाखको हाराहारीमा पर्ने ब्याट्री चोरी भएको जनाए ।
सिंचाइ कार्यालयको उक्त भवनमा कलैयास्थित अस्थायी ट्राफिक पोष्टमा कार्यरत ७ जना ट्राफिक प्रहरी र कलैया उपमहानगरपालिकाका ४ जना कर्मचारीहरू बस्दै आएका थिए । ट्राफिक प्रहरी र कर्मचारी बस्दै आएको कार्यालय परिसरबाट ब्याट्री चोरी भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले ब्याट्री चोरी भएको घटनाको सम्बन्धमा अनुसन्धान सुरु भएको जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले नेपालमा गरेको लगानीमा भूराजनीतिक सम्बन्ध छैन : सामन्था पावर
-
‘मेडिकल शिक्षाका विषय चिकित्सा शिक्षा आयोगलाई भारी’
-
सरकारी जग्गाको संरक्षणका लागि ‘एक्सन’मा उत्रिँदै वीरेन्द्रनगर नगरपालिका
-
बिहीबार माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्ने
-
हेल्मेटमा लुकाएको १८ लाखसहित दुईजना पक्राउ
-
ईबा वर्ल्ड वुमन्स बक्सिङका लागि तीन जना छनौट