छापामार शैलीमा मन्त्रालय दाङ सारेको भन्दै एमालेको आपत्ति
लुम्बिनी प्रदेशका अर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले राजधानी सार्नुको विकल्प नभएको बताएका छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खड्काले प्रदेश सभाले बहुमतका साथ पारित गरेको विषयलाई कार्यान्वयन गर्नु सरकारको दायित्व भएको जिकिर गरेका हुन् ।
उनले राप्ती,भेरी र लुम्बिनीको भावनालाई समेटेर लुम्बिनी प्रदेशको नाम र राजधानी तोकिएको बताउँदै राजधानीको विषयलाई अतिरञ्जित ढङ्गले व्याख्या नगर्न सबैलाई आग्रह गरे । मन्त्री खड्काले दाङको राप्ती उपत्यका देउखुरीमा निर्मित प्रदेश सभाको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिँदै प्रदेश मातहतका मन्त्रालयहरू औपचारिक कार्यक्रमका साथ प्रदेश सरकार अगाडि बढ्ने बताए ।
मन्त्री खड्काले अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूले देशको संविधान , राष्ट्रिय स्वाधीनता र व्यवस्था माथि दरार पैदा गरेर प्राप्त उपलब्धिहरू नै गुम्ने खतरा बढेको बताए ।
यसअघि नेकपा एमालेका नवनिर्वाचित प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले छापामार शैलीमा रातारात मन्त्रालयका समानहरू सारिनु गलत भएको बताए । श्रेष्ठले कुनै पनि राजनीतिक दल र सरोकारवालाहरुसँग छलफल नै नगरी सेवाग्राहीलाई नै असर पर्ने गरी प्रदेश सरकार अघि बढ्नुले राम्रो सन्देश नदिने जिकिर गर्दै सरकार गैरजिम्मेवारी कामबाट फर्किनुपर्नेमा जोड गरे ।
उनले जनताको जनमत प्राप्त प्रतिनिधिहरूको भावनालाई कुल्चेर बिना पूर्वाधार नै बलजफ्ती ढङ्गले मन्त्रालय सारिनुले आउने पुस्तालाई समेत नकारात्मक सन्देश जाने बताए । उनले देशको अर्थतन्त्र नै खलबलिएको अवस्थामा राज्यको करोडौँ रकम खर्चेर मुलुकलाई थप आर्थिक भार दिने गरी प्रदेश सरकार अघि बढ्नुले सुशासन माथि नै गम्भीर प्रश्न उठेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ–३१ का ६० जना ज्येष्ठ नागरिक सामूहिक सैलुङ भ्रमणमा
-
उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम
-
न्युरोडबाट सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’