‘झिँगेदाउ’ को सिक्वेल बन्ने
पछिल्लो समय सिक्वेल फिल्म निर्माणको बाढी नै आएको छ । नयाँ नाममा बनेको फिल्म हिट हुन गाहे भएपछि निर्माताहरू सिक्वेलतिर आकर्षित भएका हुन् । ‘झिँगेदाउ’ को पनि सिक्वेल बन्ने भएको छ । करिब ४० वर्षअघिको नेपालको गाउँले परिवेशमा निर्माण भएको ‘झिँगेदाउ’ ले राम्रो व्यवसाय गरेको कारण यसका निर्माता तथा निर्देशक ज्ञानेन्द्र देउजाले यसको सिक्वेल बनाउन लागेको हुन् ।
निर्देशक ज्ञानेन्द्र देउजाले फिल्मको सिक्वेल निर्माणको तयारी सुरु भएको जानकारी दिए । ‘झिँगेदाउ’ जहाँ सकियो सिक्वेल त्यहीबाट सुरु हुने देउजाले बताए । फिल्मको स्क्रिप्ट महेश दवाडीले लेखिरहेका छन् । फिल्ममा ‘झिँगेदाउ २’ मा अघिल्लो पार्टका सबै मुख्य कलाकार दोहोर्याउने निर्देशक देउजाको योजना छ ।
‘झिँगेदाउ’ मा हिउँवाला गौतम, केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल विष्टको अभिनय रहेको थियो । ‘झिँगेदाउ’ मार्फत निर्देशक देउजा करिब ७ वर्षपछि निर्देशनमा कमब्याक गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु