शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो रह्यो जिल्ला कारागार लमजुङमा न्यायिक संवाद कार्यक्रम

सोमबार, १७ पुस २०७४, १८ : ५१
सोमबार, १७ पुस २०७४

बेसीशहर – जिल्ला कारागार लमजुङमा बन्दी अवस्थामा रहेका कैदीबन्दी र जिल्ला न्यायधिश, जिल्ला न्यायधिवक्ता र कानुन व्यवसायीका बीचमा न्यायिक संंवाद कायक्रम सम्पन्न भएको छ । २१ पुरुष, १ महिला थुनुवा र ६ महिला र ४७ पुरुष कैदी गरी कूल ७५ जना रहेको उक्त जिल्ला काराकारमा त्यहाँको न्यायिक विषयमाथि उठ्ने गरेका विविध विषयमा आज छलफल तथा संवाद कार्यक्रम भएको थियो ।  

कार्यक्रमममा अदालतको कामकारवाही, यसका प्रकृया, न्यायसम्पादन र त्यसभित्रका समस्या, न्यायमा सहज पहुँचको वातावरण सृजना, न्याय सम्पादनमा नागरिकसँगको सहकार्य, उनीहरुमा न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि गर्ने र न्यायपालिका सम्बन्धि सूचना प्रवाह गराउने उद्देश्यले न्यायिक संवाद गरिएको जिल्ला अदालतले जानकारी दिएको छ ।

कार्यक्रमका अवसरमा अदालतका प्रकार, अदालतको क्षेत्राधिकार, सरकारी वकिल, मुद्धाको अनुसन्धान र अभियोजन, न्यायमा सहज पहुँच अभिवृद्धि, अन्याय गर्नुभन्दा सहने प्रवृत्तिको न्युनीकरण जस्ता विषयमा जानकारी गराईएको थियो ।


जिल्ला न्यायधीस कोमलप्रसाद आचार्य, जिल्ला न्यायधिवक्ता यादवप्रसाद पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनार, वैतनिक वकिल एवं वरिष्ठ अधिवक्ता यज्ञप्रसाद पौडेल, जिल्ला बार ईकाइका उपाध्यक्ष वुद्धिसागर वराल लगायतले न्याय सम्पादनका विभिन्न पक्षबारे कैदीवन्दीलाई जानकारी गराएका थिए । 
जिल्ला न्यायधिश आचार्यले अदालती काम कारवाही, तिनका प्रकृया र कार्य अवधिजस्ता विषयमा सेवाग्राहीलाई जानकारी गराएको न्यायक्षेत्र थप प्रभावकारी बन्ने बताए ।  अदालत भनेको अन्यान गरेका र अन्यायमा परेको मात्र आउँने र जो कोही जान नहुने भ्रम आम जनमानसमा परेको भन्दै अदालती प्रक्रिया बारेमा सबैले जानकारी लिदा फाईदा हुने तर्क प्रस्तुत समेत गरेका थिए । 

त्यसैले न्यायपालिका प्रति सर्वसाधरणको बुझाई र आम धारणामा परिवर्तन ल्याउनमा यस्ता कार्यक्रम समय समयमा सञ्चालन गरिदैँ आएको बताए । 
त्यस्तै जिल्ला न्यायधिवक्ता पौडेलले कारागारमा रहेका सेवाग्राहीले न्यायिक काम कारवाहीका क्रममा केही समस्या भए जानकारी गराउँन आग्रह गर्दै मानवअधिकार उल्लंघन भए नभएको हेर्ने र कार्यालयको सेवालाई थप प्रभावकारी बनाउँने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

समुन्द्रा घिमिरे
समुन्द्रा घिमिरे
लेखकबाट थप