शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चिकित्सकको लाइसेन्स परीक्षा माघको दोस्रो साता हुने

आइतबार, २५ मङ्सिर २०७९, १३ : २८
आइतबार, २५ मङ्सिर २०७९

नेपाल मेडिकल काउन्सिलको ६४ औँ चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) को परीक्षा आगामी माघको दोस्रो साता सञ्चालन गरिने भएको छ ।  आइतबार काउन्सिलले एक सूचना जारी गर्दै माघ १२ गतेदेखि १४ गतेसम्मका लागि परीक्षा तालिका तोकेको हो ।

परीक्षामा सहभागी हुन इच्छुकले आगामी २७ मङसिरदेखि २७  पुससम्म फारम भर्न सकिने सूचनामा उल्लेख गरिएको छ । यस्तै, पुस २८÷२९ गते विलम्ब शुल्क तिरेर फारम बुझाउन सकिने समेत उल्लेख गरिएको छ । परीक्षा सञ्चालन भने इन्जिनियरिङमा अध्ययन संस्थान पुल्चोकमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप