आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

‘शिक्षा प्रणाली विश्वमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने खालको हुनुपर्छ’

बिहीबार, २९ मङ्सिर २०७९, २० : ५६
बिहीबार, २९ मङ्सिर २०७९

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको शिक्षा प्रणालीलाई विश्वको प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नेस्तरको बनाउनुपर्ने बताएका छन् ।

नवलपरासीपूर्व नवलपुरको कावासोतीमा रहेको शिव माध्यमिक विद्यालयको ४९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा आफ्नो भनाइ राख्दै उनले शिक्षाको गुणस्तर वृद्धि गरी विश्वव्यापीरूपमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने गरी लाग्नुपर्ने बताएका हुन्। अध्यक्ष तिमिल्सिनाले भने– “हामी नेपालको प्रतिस्पर्धी जनशक्तिमात्रै होइन, विश्वको प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नेतर्फ केन्द्रित हुनुपर्छ, यसका लागि गुणस्तरीय शिक्षाको खाँचो छ ।”

उनले राज्यको ध्यान विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी दिनेतर्फ हुनुपर्ने बताएका छन् । कतै विद्यालयमा विद्यार्थी कम, शिक्षक बढी र कतिपय विद्यालयमा विद्यार्थीको सङ्ख्या धेरै र शिक्षक कम भएर राम्रो पठनपाठनमा समस्या हुने गरेको बताउँदै विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी कायम गराउन लाग्नुपर्ने उले बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शिक्षाको विकासका लागि दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने बताए । सामान्यतया एउटा विद्यार्थीलाई प्रारम्भिक चरणदेखि कक्षा  १२ सम्म कम्तीमा १२ वर्ष लगानी गरेपछि जनशक्ति तयार हुने बताउँदै यसैअनुसार योजना र लगानी गर्नुपर्ने उनले बताए । कावासोतीको शिव माविमा भएको कार्यक्रम राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र मुख्यमन्त्री पोखरेलले विद्यालयको दुईवटा नवनिर्मित भवनको उद्घाटनसमेत गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप