बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सत्ता गठबन्धन टुटेपछि माधव नेपालको पार्टी अलमलमा

आइतबार, १० पुस २०७९, २३ : ००
आइतबार, १० पुस २०७९

सत्ता गठबन्धन टुटेपछि नेकपा एकीकृत समाजवादी पार्टी अलमलमा देखिएको छ । एमाले–माओवादीसहितको नयाँ सरकार गठन प्रक्रियामा सहभागी नभएको एकीकृत समाजवादी आगामी यात्राबारे अलमलमा देखिएको हो । 

अकस्मात् राजनीतिक घटनाक्रम फेरिएपछि पार्टीको केन्द्रीय सचिवालयको बैठकमा समग्र अवस्थाबारे छलफल भएको थियो । बैठकले परिस्थितिको सूक्ष्म अध्ययन गरी देश, जनता र पार्टीको हितलाई सर्वोपरी ध्यानमा राखेर अगाडि बढ्ने निर्णय भएको महासचिव डा बेदुराम भुसालले जानकारी दिए । 

एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभामा १० सिट जितेको छ भने थ्रेस होल्ड नकटाउँदा राष्ट्रिय पार्टी बनेको छैन । माओवादीसँगै  समाजवादी एमालेसँग सहकार्य गर्न तयार नहुँदा एक्लिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप