बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रवि लामिछानेको पहिलो निर्णय : निर्मला पन्तको न्यायिक छानबिन

सोमबार, ११ पुस २०७९, १७ : ५३
सोमबार, ११ पुस २०७९

उप–प्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको बलात्कार हत्याबारे न्यायिक छानबिन गर्ने निर्णय गरेका छन् । गृहमन्त्रीको कार्यभार समाल्दै लामिछानेले सो निर्णय गरेका हुन् । ‘निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने निर्णय गर्नुभएको छ’ गृह मन्त्रालयका प्रवक्ता सह–सचिव फणिन्द्रमणि पोखरेलले रातोपाटीसँग भने ।

१० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । अहिलेसम्म उनको हत्यामा संलग्न आरोपीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप