वर्ग नबिर्सन बौद्धिक वर्गको सांसदलाई सुझाव
लमजुङका बौद्धिक वर्गले जनताको आवाज सदनमा पुर्याउन प्रभावकारी भूमिका खेल्न सांसद्हरुलाई सुझाव दिएका छन् । लमजुङबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गरेकी सांसद उर्मिला माझीलाई बधाई तथा सुझाव आदानप्रदान कार्यक्रममा उनीहरुले वर्ग नबिर्सन र जनताको पक्षमा निरन्तर काम गर्न सुझाव दिएका हुन् ।
सो अवसरमा प्रतिनिधिसभा सदस्य माझीले सहिद, बेपत्ता परिवार, घाइते, अपाङ्ग, असहायहरूको पक्षमा निरन्तर आवाज उठाउने तथा जनजीविका र सुशासनको साथमा लमजुङको विकास र समृद्धिको अहोरात्र खटिने प्रतिबद्धता जनाएकी थिइन् ।
छलफलमा सहभागीहरूले मन्त्रिमण्डल विस्तारमा लमजुङको पनि प्रतिनिधित्व गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका थिए । जिम्मेवारी दिए जुनसुकै मन्त्रालय कुशलतापूर्वक हाँक्न लमजुङका प्रतिनिधि सक्षम रहेकोमा उनीहरूको जोड रहेको थियो ।
कार्यक्रममा अधिवक्ता द्वय कृष्ण पोखरेल र गुणराज घिमिरे, नेकपा माओवादी केन्द्रको लमजुङ काठमाडौँ सम्पर्क समन्वय समिति अध्यक्ष अर्जुन मगराति, सचिव नारायण नेपाली, योजना विज्ञ विपिन धिताल, विज्ञ रामहरि अधिकारी, कृषि पशु विज्ञ डिवि मझाकोटी, प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेल, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य राजु लामिछानेलगायतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
-
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन – सचेतक परियार
-
रोपाइँमा व्यस्त हुन थाले पूर्वआईजीपी खापुङ
-
विश्वकप : कुन टोलीको जर्सी उत्कृष्ट ?
-
न्यौपानेलाई एक भोट अन्तरले हराउँदै कास्की रास्वपा सभापतिमा अधिकारी विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण