मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

टेलिग्राम च्याटमा अश्लिल भिडियो पठाएर पैसा मागेको आरोपमा किशोर पक्राउ

शुक्रबार, १५ पुस २०७९, १४ : २७
शुक्रबार, १५ पुस २०७९

सामाजिक संजाल टेलिग्राममा नाबालिगको अश्लील भिडियो पठाएर पैसा मागेको आरोपमा प्रहरीले एकजना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका–७ घर भएर काठमाडौंको बुढानिलकण्ठ बस्ने रोजित आले मगर छन् ।

१८ वर्षका रोजितलाई बुढानिलकण्ठबाट पक्राउ गरिएको साइबर ब्यूरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले रातोपाटीलाई बताए । आरोपीले सामाजिक सञ्जालको माध्यमबाट प्रेमको नाटक गरेर कुराकानी गर्ने र अश्लील क्रियाकलापको फोटो भिडियो टेलीग्राम च्याट ग्रुपमा पोष्ट गरेर रकम बार्गेनिङ गर्ने गरेका थिए ।

रोजितको सो गतिविधिबाट महिला र नावालिगहरु पीडित भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर ब्यूरोले उनीमाथि अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप