बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वराजाद्वारा दाङका दुई धार्मिकस्थलमा पूजा

शुक्रबार, २१ पुस २०७४, १६ : ०८
शुक्रबार, २१ पुस २०७४

तुलसीपुर । पूर्वराजा ज्ञानेन्द्रले दाङको घोराहीमा रहेका दुई धार्मीक स्थलमा पुजापाठ गरेका छन् । 

पूर्वराजा ज्ञानेन्द्रले गोरक्षरतननाथ र अम्बिकेश्वरी मन्दिरमा गएर पुजा गरेको प्रचार प्रसार समिति दाङका संयोजक पूर्णचन्द धितालले जानकारी दिए । 

पूजापाठ पश्चात राजाले सर्वसाधारण जनतासँग केहिबेर भेटघाट गरेका थिए । नेपालगञ्जबाट दाङ आउने क्रममा अमिलिया, लमही लगाएतका विभिन्न स्थानमा राजासमर्थकले ‘राजा आउ देश बचाउ’ भन्ने नारा समेत लगाएको संयोजक धितालले बताए । 

राजा गोरक्षरतननाथ मन्दिरमा सवा बाह्र बजे आइपुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओपेन्द्र बस्नेत
ओपेन्द्र बस्नेत
लेखकबाट थप