समान रूपमा बजेट व्यवस्था गर्न सांसद कार्कीको माग
बिहीबार, २० वैशाख २०८१, १३ : ५०
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद मैना कार्कीले सडक पूर्वाधारका लागि प्रत्येक जिल्लालाई समान रूपमा बजेट व्यवस्था गर्न माग गरेकी छिन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले मध्यपहाडी सडक आयोजना अन्तर्गत जाजरकोटको मन्ताभिरमा सडक निर्माणको काम रोकिएकोप्रति ध्यानाकर्षण गराइन् ।
उनले मध्यपहाडी क्षेत्रमा ट्र्याक खोल्दा धुलाम्मे हुँदा स्थानीय प्रभावित भएको, उनीहरूको स्वास्थ्यमा समस्या परेको बताइन् । सांसद कार्कीले जाजरकोट हुँदै जुम्ला जाने बाटो मर्मत नहुँदा दुर्घटना हुने गरेको र भाडा दर महंगो हुने गरेको र आगामी आर्थिक वर्षमा समानुपातिक रूपमा प्रत्येक जिल्लामा बजेट व्यवस्था गर्न आग्रह गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण