शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

छोरालाई सुहाउँदो बुहारी बनाउन महिलाले ११ वर्षिया बालिकालाई अपहरण गरेपछि...

बिहीबार, २० वैशाख २०८१, १३ : ४९
बिहीबार, २० वैशाख २०८१

बेइजिङ । चीनमा एक महिलालाई जेल चलान गरिएको छ । आफ्नो २७ वर्षका छोराका लागि योग्य हुने बुहारी बनाउन महिलाले ११ वर्षिय बालिका अपहरण गरेकी थिइन् । 

सन् २०२३ मा चीनको दक्षिण पश्चिममा रहेको कुइचाउन प्रान्तको लिउपान्शुईमा रहेको एक गाउँमा जाँदा याङ थरकी ती महिलाले नाबालिगलाई भेटेकी थिइन् । 

ती बालिकालाई आफ्नो जेठो छोराका लागि सुहाउँदो बेहुली बनाउन सक्छु भन्नेमा विश्वस्त भएपछि महिलाले बालिकाको मातापितालाई युनान प्रान्तको कुचिङमा आफ्नो साथ बालिकालाई लैजान अनुमति मागिन् । तर बालिकाको मातापिताले सोको अनुमति दिएनन् । 

त्यसपछि महिला बालिका अपहरण गर्ने योजनाका साथमा अगाडि बढिन् । आफ्ना २७ वर्षिय छोरासँग मिलेर उनले बालिका अपहरण गरिन् । यसका  लागि दुबैले फेब्रुअरी १४ सम्म कुरे । त्यो दिन बालिका घरमा एक्लै थिइन् ।

बालिकालाई अपहरण गरेर उनीहरुले युनानस्थित आफ्नो घरमा ल्याए । तर अपहरण गरेको ६ दिनमा याङ पक्राउ परिन् । त्यसको ४ दिनपछि उनको छोराले प्रहरीसामु आत्मसमर्पण गरे । गएको वर्ष डिसेम्बर १५ मा दुबैलाई नाबालिगलाई अपहरण गरेको कसुरमा जेल सजाय सुनाइयो । 

याङलाई २ वर्षको जेल सजाय दिइयो भने उनको छोरालाई ७ महिनाको जेल सजाय सुनाइयो । सजायको विरुद्धमा याङको आमाछोरा पुनरावेदन अदालतमा गएका थिए । तर अदालतले सजाय यथावत् राखिदियो । यो मामिला र अदालतले सुनाएको सजायमाथि चिनियाँ सामाजिक सञ्जालमा व्यापक रोष देखिएको छ । नाबालिग अपहरणको मामिलामा कम सजाय दिइएको र यसले अपराधीलाई उक्साउने भन्दै केहीले आलोचना गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप