छोरालाई सुहाउँदो बुहारी बनाउन महिलाले ११ वर्षिया बालिकालाई अपहरण गरेपछि...
बेइजिङ । चीनमा एक महिलालाई जेल चलान गरिएको छ । आफ्नो २७ वर्षका छोराका लागि योग्य हुने बुहारी बनाउन महिलाले ११ वर्षिय बालिका अपहरण गरेकी थिइन् ।
सन् २०२३ मा चीनको दक्षिण पश्चिममा रहेको कुइचाउन प्रान्तको लिउपान्शुईमा रहेको एक गाउँमा जाँदा याङ थरकी ती महिलाले नाबालिगलाई भेटेकी थिइन् ।
ती बालिकालाई आफ्नो जेठो छोराका लागि सुहाउँदो बेहुली बनाउन सक्छु भन्नेमा विश्वस्त भएपछि महिलाले बालिकाको मातापितालाई युनान प्रान्तको कुचिङमा आफ्नो साथ बालिकालाई लैजान अनुमति मागिन् । तर बालिकाको मातापिताले सोको अनुमति दिएनन् ।
त्यसपछि महिला बालिका अपहरण गर्ने योजनाका साथमा अगाडि बढिन् । आफ्ना २७ वर्षिय छोरासँग मिलेर उनले बालिका अपहरण गरिन् । यसका लागि दुबैले फेब्रुअरी १४ सम्म कुरे । त्यो दिन बालिका घरमा एक्लै थिइन् ।
बालिकालाई अपहरण गरेर उनीहरुले युनानस्थित आफ्नो घरमा ल्याए । तर अपहरण गरेको ६ दिनमा याङ पक्राउ परिन् । त्यसको ४ दिनपछि उनको छोराले प्रहरीसामु आत्मसमर्पण गरे । गएको वर्ष डिसेम्बर १५ मा दुबैलाई नाबालिगलाई अपहरण गरेको कसुरमा जेल सजाय सुनाइयो ।
याङलाई २ वर्षको जेल सजाय दिइयो भने उनको छोरालाई ७ महिनाको जेल सजाय सुनाइयो । सजायको विरुद्धमा याङको आमाछोरा पुनरावेदन अदालतमा गएका थिए । तर अदालतले सजाय यथावत् राखिदियो । यो मामिला र अदालतले सुनाएको सजायमाथि चिनियाँ सामाजिक सञ्जालमा व्यापक रोष देखिएको छ । नाबालिग अपहरणको मामिलामा कम सजाय दिइएको र यसले अपराधीलाई उक्साउने भन्दै केहीले आलोचना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण