शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

हराएका २४ वटा दुईपाङग्रे सवारी साधन भेटिए

बिहीबार, २० वैशाख २०८१, १३ : ५५
बिहीबार, २० वैशाख २०८१

काठमाडौँ । विभिन्न मितिमा हराएका २४ वटा दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले विहिबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले १९ वटा मोटरसाइकल र ५ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । 

उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा पेप्सीकोला, कपन, गौशाला, बौद्ध,माछापोखरी, सीतापाइला, स्वयम्भू, जावलाखेल, इमाडोल र थलि लगायतका विभिन्न स्थानबाट ती  सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको ट्राफिक प्रहरीले जनाएको छ । 

आज बुझाइएका २४ वटा सहित ३३५ वटा सवारी साधन चालु आर्थिक वर्षको हाल सम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको श्रेष्ठले बताए ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप