सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

हराएको चार दिनपछि मृत फेला

मङ्गलबार, ०५ माघ २०७२, १९ : १६
मङ्गलबार, ०५ माघ २०७२

खोटाङ– हराएको चार दिनपछि खोटाङका एक व्यक्ति मृत फेला परेका छन् ।

गत माघ–१ गते राति घरबाट हिँडेका नेर्पा–७ का ५७ वर्षीय सिंहबहादुर राई सोमबार बेलुका मृत फेला परेका हुन् ।

अत्यधिक मादकपदार्थ सेवन गरेर घरबाट हिँडेका राईको शव नेर्पा–७ को च्यानडाँडा भन्ने भीरमा फेला परेको स्थानीयले बताएका छन् । उनको शव बाटोमुनि भिरमा फेला परेकाले लडेर मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

शरीरको विभिन्न ठाउँमा नीलडाम देखिएको राईको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप