कम्पनी ऐन २०६३ संशोधन विधेयक पारित
काठमाडौ –व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले कम्पनी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । उद्योग उपसमितिले पेस गरेको कम्पनी ऐन संशोधन विधेयकलाई सोमबार बसेको समिति बैठकले पारित गरेको हो । नयाँ कम्पनी दर्ता र खारेजीका सम्बन्धमा बनेको विधेयकलाई परिमार्जनसहित पारित गरिएको समितिका सभापति भिष्मराज आङदेम्बेले जानकारी दिए । समितिले विधेयकलाई अब बस्ने संसद बैठकमा पेस गर्ने निर्णय पनि गरेको छ । बैठकले उद्योगसँग सम्बन्धित आवश्यक सबै विधेयकलाई समितिमा ल्याउन उद्योग मन्त्रालयलाई निर्देशन पनि दिएको छ ।
त्यस्तै समितिले बनेका ऐन कार्यान्वयनमा लैजान पनि सम्बन्धित निकायलाई सचेत गराएको छ । कम्पनी ऐनसँग सम्बन्धित परिमार्जित विधेयक उद्योग व्यवसाय प्रवद्र्धनका लागि प्रभावकारी हुने समितिका सदस्य एवम् सरोकारवालाहरुले बताएका छन् । समिति बैठकमा सहभागी उद्योग मन्त्रालयका सचिव शंकर कोइरालाले देशमा उद्योग विकासका लागि कम्पनी ऐन सार्थक हुने उद्योग सचिव शंकर कोइरालाको विश्वास छ । उपसमितिले पेस गरेको विधेयक संशोधनउपर दफावार छलफलमा सहभागी समिति सदस्य एवम् सरोकारवालाहरुले उद्योगमा लगानी आकर्षित गर्न नयाँ ऐनले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । नयाँ कम्पनी दर्ता र खारेजीसँगै वैदेशिक लगानी भित्रयाउँन पनि ऐन सहयोगी हुने समिति सदस्यहरु सोमप्रसाद पाण्डे,अम्बिका बस्नेत, अनन्त पौडेल, राज्य लक्ष्मी श्रेष्ठले बताए । समितिबाट कम्पनी ऐन २०६३ का विभिन्न १४ वटा दफा संशोधनको प्रस्ताव पारित भएको हो । परिमार्जित विधेयकमा नयाँ कम्पनी दर्ता, खारेजी, नवीकरण, सम्पत्ति शुद्धीकरण, धीतोपत्र लगायतका विषय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व सङ्कलन
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
विद्यार्थीलाई पानी बोक्नैकै चिन्ता
-
तरकारी खेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ वक्तृत्वकलाको उपाधि अधिकारीलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण