सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

सञ्चालनमा आयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्दै
आइतबार, १७ पुस २०७९, ०७ : ३०
आइतबार, १७ पुस २०७९

आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलको संख्या ३ पुगेको छ । लामो समयसम्म नेपालको हवाई क्षेत्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले धानेको थियो । तर, लुम्बिनी अन्तर्राष्ट्रिय र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलको संख्या ३ पुगेको हो ।

निर्माणकार्य पूर्णरूपमा सम्पन्न भएपछि आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेपछि आजदेखि विमानस्थल सञ्चालनमा आउने भएको हो । विमानस्थल आजदेखि सञ्चालनमा आएपनि फेब्रुअरी २३ देखि दैनिक १८ घन्टा चल्ने छ ।

यो विमानस्थल २०० हेक्टर क्षेत्रफलमा फैलिएको छ । चिनियाँ ऋण उपलब्ध यस आयोजना निर्माणमा करिब २२ अर्ब रुपैयाँ खर्च भएको छ । यस्तै, विमानस्थलमा २ हजार ५०० मिटर लम्बाई र ४५ मिटर चौडाईको धावनमार्ग छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप