एमालेप्रति झलनाथको कटाक्ष : सरकारमा प्रतिगमनकारी पनि छन्
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनलाई खिचडीको संज्ञा दिएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेकपा (एकीकृत समाजवादी)अहिलेको गठबन्धनले ल्याएका नीति तथा कार्यक्रमपछि मात्रै सरकारमा जाने वा नजाने भन्नेबारेमा आफ्नो धारणा राख्ने पक्षमा रहेको बताए । उनले अहिलेको सरकार वामपन्थीहरुको नेतृत्व भएपनि खुट्टा अर्कैले टेकेको बताए । उनले नेकपा एमालेप्रति लक्षित गर्दै सरकारमा प्रतिगमनकारी, पुनःउत्थानवादीहरु सामेल रहेको बताए ।
उनले भने– ‘वर्तमान परिस्थितिको बारेमा गहन छलफल गरेका छौँ । यो नयाँ गठबन्धन आएको छ, यो यसो हेर्दा खिचडी जस्तो छ । वामपन्थीहरुको नेतृत्व छ तर तल खुट्टा टेकेको अर्कै खालका मान्छेहरु छन् । प्रतिगमनकारी, पुनःउत्थानवादी, केके हुन् त्यस्ता छन् । उसका के नीति, के कार्यक्रम हुन्छन् थाहा छैन । झ्याप्पै भनिहाल्नुपर्ने कुरा हुँदैन । उनीहरुले कार्यक्रम नल्याइकन पर्ख र हेरको अवस्थामा हुनेछौँ ।’
सम्मानित नेता खनालले आफ्नो पार्टी सधैँ वामपन्थी एकताको पक्षमा रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण