बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एअरलाइन्सको उडान

सोमबार, १८ पुस २०७९, १० : ४२
सोमबार, १८ पुस २०७९

हिमालय एअरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सफलतापूर्वक गरेको छ ।  एयरबस ए३२० ९एन–एएलभीले आइतबार पोखरामा प्रदर्शनी उडान सफलतापूर्वक सम्पन्न गरेको हो । 
नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहका लागि हिमालय एअरलाइन्सको जहाज बिहान १३ः११ बजे काठमाडौँबाट उडान भरेर १३ः४४ मा  पोखरामा  अवतरण गरेको थियो । यो नै पोखरामा अवतरण गर्ने पहिलो एअरबस बनेको एअरलाइन्सले जनाएको छ ।

विमानलाई पोखरामा पानीको फोहराको सलामी दिई स्वागत गरिएको थियो । पोखरा विमानस्थलका उच्च अधिकारीहरूले हिमालय एअरलाइन्स् टोलीको नेतृत्व गर्ने विजय श्रेष्ठ, उपाध्यक्ष, प्रशासन र क्याप्टेन हाओ डी, उपाध्यक्ष,सञ्चालक) लाई स्वागत गरेका थिए । त्यसपछि विमान १५ः४४ बजे प्रस्थान गरेर १६ः१७ बजे काठमाडौँमा अवतरण गरेको थियो । एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले कम्पनी सधैँ उड्डयन क्षेत्रको सुरक्षा र यसको सुरक्षित अभिवृद्धिका लागि प्रतिबद्ध रहेको बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप