बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

स्याङ्जा प्रहरीको हिरासतबाट भागेका बलात्कार आरोपी फेरि पक्राउ

शुक्रबार, २२ पुस २०७९, ११ : ००
शुक्रबार, २२ पुस २०७९

स्याङ्जा । स्याङ्जास्थित वडा प्रहरी कार्यालय वालिङबाट प्रहरीको घेरा तोडेर भागेका थुनुवालाई प्रहरीले पुनः पक्राउ गरेको छ । पुस १८ मा म्याद थप गरेर वडा प्रहरी  कार्यालय वालिङको हिरासतमा राख्ने क्रममा वालिङ नगरपालिका–७ बस्ने २३ वर्षीय रमेश क्षेत्री भागेका थिए । 

अनुसन्धान विधिबाट खोजेर उनलाई पुस २० मा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी रवीन्द्र खनालले रातोपाटीलाई बताए । ४० वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो । १० गते पक्राउ परेका उनी पुस १९ मा भागेका हुन् । थुनुवा फरार भएपछि लखेट्ने क्रममा प्रहरी हवलदार हिरा सुनार घाइते भएको डीएसपी खनालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप