प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा बैठक बसेर निर्णय गछौँ : खनाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने विषयमा मंगलबार बिहान बैठक बसरेर निर्णय गर्ने बताए । रातोपाटीसँग कुरा गर्दै खनालले मंगलबार बस्ने सचिवालय बैठकले निर्णय गर्ने बताए ।
‘प्रधानमन्त्री प्रचण्डजीलाई विश्वासको मत दिने विषयमा कुनै निर्णय गरेका छैनौं । मंगलबार बिहान सचिवालय बैठक बोलाएका छौँ । बैठकबाटै निर्णय हुनेछ’ रातोपाटीसँग कुरा गर्दै खनालले भने, ‘हामी प्रधानमन्त्रीलाई विश्वासको मत दिन सकारात्मक छौँ । आधिकारिक रुपमा सचिवालय बैठकबाट निर्णय हुनेछ ।’
सबै परिस्थितिको विश्लेषण गरेर प्रधानमन्त्रीलाई विश्वासको मत÷नदिने निर्णय हुने खनालले बताए । प्रधानमन्त्री प्रचण्डले मंगलबार विश्वासको मत लिने तयारी गरेका छन् । त्यसै दिन बिहान मात्रै एकीकृत समाजवादीले विश्वासको मत दिने नदिने निर्णय गर्ने भएको छ । एकीकृत समाजवादीका १० सांसद छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण