लोसपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने
काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ ।
अध्यक्ष ठाकुरले रातोपाटीसँग कुरा गर्दै भने, ‘प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने हामी निर्णय गरेका छौ आज उहाँलाई विश्वासको मत दिन्छौँ ।’ सरकारको साझा न्यूनतम कार्यक्रममा केही कुराहरू समेटिएको छ, र अरू विषयमा सरकारसँग थप छलफल गर्ने सहमति भएको कारणले विश्वासको मत दिने निर्णय गरेको उनले बताए ।
सरकारमा जाने जाने बारे पार्टीले अहिले कुनै निर्णय नगरेको पनि उने बताए ।
पुस २४ गते बसेको लोसपाको कार्यकारिणी समितिको बैठकले विश्वासको मत दिने नदिने बारे निर्णय गर्ने अधिकार पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई दिएको थियो । उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने भनी आफ्ना पार्टीका सांसदलाई खबर गरेका छन् ।
लोसपासँग चार जना सांसद छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल र हमासले छोडे १५ महिना लामो युद्ध, आइतबारदेखि पूर्ण युद्धविराम लागू हुने
-
चिसो कालीगण्डकीमा र्याफ्टिङ सञ्चालन
-
१२ बजे १२ समाचार : काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रवि रिहादेखि वकिलमाथि कार्यकर्ताको आक्रमण प्रयाससम्म
-
आरोही कान्छा शेर्पालाई एभरेष्ट टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड
-
क्यान्सरविरुद्धको सबै एचपीभी खोप ल्याइयो
-
खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार