आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

‘तिम्रो मेरो साथ’ को चितवनमा प्रिमियर

बिहीबार, २८ पुस २०७९, १३ : २०
बिहीबार, २८ पुस २०७९

काठमाडौँ । शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘तिम्रो मेरो साथ’को बुधबार साँझ चितवनमा भब्य प्रिमियर गरिएको छ । चिनवनको सिजी मलको सिने प्लेक्स हलमा आयोजित प्रिमियरमा दर्शकको उल्लेख्य उपस्थिति थियो । प्रिमियरमा दर्शकले फिल्म राम्रो भएको प्रतिक्रिया दिएको निर्देशक रमेश एमके पौडेलले बताए । ‘प्रिमियरमा सहभागी सबैले फिल्मले मन छोयो भनेका छन्’ निर्देशक पौडेलले भने, ‘सार्वजनिक प्रदर्शनमा भने के हुने डर लागेको छ ।’ फिल्मको प्रदर्शन पनि राम्रो हुने आशा गरिएको उनले सुनाए ।

timro2

प्रिमियरका लागि काठमाडौंबाट निर्देशकको पौडेलको साथमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, अभिनेता पुष्प खड्का र सन्दीप क्षेत्री लगायत सहभागी थिए । फिल्म प्रिमियर अगाडि कलाकार टोली केही दिनदेखि जारी चितवन महोत्सव २०७९ मा पनि सहभागी भएको थियो । केही फिल्मको निर्माणपछि निर्देशनमा होमिएका पौडेलको यो डेब्यु फिल्म हो । फिल्ममा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, इमिली लामा, सन्दीप क्षेत्री, सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसी लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप