प्रधानमन्त्रीले अघिल्लो पटकभन्दा बढी विश्वासको मत पाउनुहुन्छ : सांसद सापकोटा
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघिल्लो पटकभन्दा बढी विश्वासको मत प्राप्त गर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकपछि सञ्चारकर्मी संक्षिप्त प्रतिक्रिया दिँदै उनले तत्कालका लागि सरकार तलमाथि हुने र सत्ता गठबन्धनमा समस्या नआउने समेत धारणा राखे । प्रधानमन्त्री दाहालले यही जेठ ७ गते विश्वासको मत लिँदै छन् ।
सांसद सापकोटाले भने, “यसपटक पनि विश्वासको मत बढ्छ, घटेर जाँदैन । तत्कालका लागि सरकार तलमाथि हुने र सत्ता गठबन्धनमा गडबडी हुने स्थिति पनि छैन ।” उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सदनमा व्यक्त गरेको अभिव्यक्ति सरकार छाडनेसँग सम्बन्धित नभएको स्पष्ट पारे ।
“उपप्रधान एवं गृहमन्त्री लामिछानेले सदनमा सैद्धान्तिक रूपमा भनाइ राख्नुभएको हो । वर्तमान सरकारलाई विश्वासको मत दिने र सरकार अघि बढाउने कुरासँग धेरै प्रभावित हुन्छ भन्ने मलाई लाग्दैन”, उनले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहप्रवक्ता एवं प्रतिनिधिसभा सदस्य मनिष झाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सदनमा सम्बोधनपछि प्रमुख प्रतिपक्षबाट सदन गतिरोध नहुने अपेक्षा व्यक्त गरे ।
“रास्वपा सभापति एवं गृहमन्त्री लामिछानेले आफ्नै तरिकाले कार्यादेश बनाउन र निष्पक्ष अभ्यासका लागि स्वतन्त्रता दिन्छौ भनेर बोलिसक्नुभयो”, उनले भने, “समिति गठनपछि प्रतिपक्षबाट सदन अवरुद्ध हुँदैन भन्नेमा विश्वास छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण