महालक्ष्मी विकास बैंकका ग्राहकलाई हिम इलेक्ट्रोनिक्समा विशेष छुट
महालक्ष्मी विकास बैंक लिमिटेडले इलेक्ट्रोनिक्स क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ हिम इलेक्ट्रोनिक्ससँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका ग्राहकहरुले सामसङ डिजिटल प्लाजाका दरबारमार्ग, बानेश्वर, बौद्घ (चुचेपाटी), भक्तपुर, पुल्चोक र खुसिबु शाखाहरु मार्फत विभिन्न विद्युतीय सामाग्रीहरुको खरिदमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका ग्राहकहरुले सामसङ प्लाजाबाट कन्ज्युमर इलेक्ट्रोनिक्सहरुको खरिदमा १५% र मोबाइल फोनको खरिदमा ५% को आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । सम्झौता पत्रमा कम्पनीका तर्फबाट प्लाजा प्रबन्धक निकिता शर्माले र बैंकका तर्फबाट निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले हस्ताक्षर गरे ।
यस किसिमको सहकार्यबाट विद्युतीय सामाग्रीहरुको प्रयोगमा ग्राहकहरुको पहुच बढ्नुका साथै सहज र सुलभ सेवाबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तार भूमिगत गरिएका स्थानबाट विद्युतीय पोलहरू हटाइने, इन्टरनेटको तार हटाउन प्राधिकरणको निर्देशन
-
पन्जाब किंग्ससँग राजस्थान रोयल्स ५ विकेटले पराजित
-
मधेसमा सत्ताका लागि दलहरूको दौडधुप, नयाँ सरकारको साँचो लोसपाको हातमा
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने
-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
-
दस महिनामा एक लाख ७७ हजार पर्यटकले गरेर अन्नपूर्ण क्षेत्रको भ्रमण