बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
लुम्बिनी प्रदेश

लुम्बिनीमा सभामुख र उपसभामुखको निर्वाचन माघ ३ मा हुने

शुक्रबार, २९ पुस २०७९, १२ : २५
शुक्रबार, २९ पुस २०७९

रुपन्देही । लुम्बिनी प्रदेशमा प्रदेशसभाको सभामुख र उपसभामुखको निर्वाचन माघ ३ गते हुने भएको छ । प्रदेशसभा सचिवालयले माघ २ गते सोमबार सभामुख र उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको सूचना दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

सोही दिन साढे ५ बजे उम्मेदवारहरूको सूची प्रकाशन गर्ने कार्यतालिका छ । माघ ३ गते मंगलबार सभामुख र उपसभामुख चयनको कार्यसूची प्रदेश सभा सचिवालयले प्रकाशित गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप