बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

प्रचण्ड–ओली भेटवार्ता : सरकार र सभामुखबारे छलफल

शनिबार, ३० पुस २०७९, १३ : ३८
शनिबार, ३० पुस २०७९

काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सरकार विस्तार र सभामुख चयनबारे छलफल भएको छ । शनिबार बिहान बालुवाटारमा भएका दुई नेताबीचको छलफलमा चाँडै सरकारलाई पूर्णता र सभामुख चयनबारे छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवलयले जनाएको छ । पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले सरकारलाई पुर्णता दिन १७ मन्त्री थप्न बाँकी छ । 

त्यस्तै माघ ५ गते हुने सभामुखको चयनबारे समेत नेताहरुबीच छलफल भएको छ । पूर्वसहमति अनुसार सभामुख एमालेको भागमा परेको छ । प्रधानमन्त्रीले विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषदलाई पूर्णता दिने भनिएपनि नेताहरुबीच पोर्टफोलियो र मन्त्रालय भागबण्डा नमिल्दा ढिलाई भइरहेको छ । सोमबारसम्म मन्त्रिपरिष्दालाई पूर्णता दिनेगरी नेताहरुबीच कुराकानी भएपनि कुन पार्टीलाई कुन मन्त्रालय दिने भन्ने प्रस्ट छैन । पछिल्लो पटक लोसपा समेत सरकारमा जान चाहेपछि सत्ता साझेदार दलमा मन्त्रालय संख्या कम हुने भएको छ । लोसपाले २ मन्त्रालय मागेपनि १ भन्दा बढी दिन नसकिने ठुला दलका नेताहरुको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप