शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रुरु धाममा भक्तजनको घुइँचो

आइतबार, ०१ माघ २०७९, १० : ३३
आइतबार, ०१ माघ २०७९

पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रिडीमा माघे सङ्क्रान्ति मेला सुरु भएको छ । आइतबार बिहानैदेखि रिडीमा स्नान गर्न तथा मेला भर्न आउने भक्तजनको घुइँचो लागेको छ ।

विश्वकै धार्मिक, पौराणिक, ऐतिहासिक तथा पर्यटकीय पवित्र तीर्थस्थल रिडी रुरु क्षेत्रमा माघे सक्रान्ति मेला सुरु भएको छ । नेपालकै चार धाममध्ये एक धाम रुरु क्षेत्रमा हरेक वर्ष माघे संक्रान्तिको दिनदेखि पाँच दिनसम्म मेला लाग्ने गरेको छ ।

पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाँची, रुपन्देही, रोल्पा, रुकुम, बाग्लुङ, नवलपरासीजगायतका स्थानबाट मेलामा मानिसहरू आएका छन् । यो मेलालाई यस क्षेत्रकै पर्वको रूपमा लिइन्छ ।

प्रत्येक वर्ष लाग्ने यो मेला तीन जिल्लामा फरक फरक कार्यक्रमको आयोजना गर्ने गरिन्छ । बिहानैदेखि कालीगण्डकीमा स्नान गर्ने भक्तजनको नदी तटमा भीड लागेको आयोजक संस्था रुरु फ्रेण्डस् क्लबका अध्यक्ष सोबित थापाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप