रुरु धाममा भक्तजनको घुइँचो
पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रिडीमा माघे सङ्क्रान्ति मेला सुरु भएको छ । आइतबार बिहानैदेखि रिडीमा स्नान गर्न तथा मेला भर्न आउने भक्तजनको घुइँचो लागेको छ ।
विश्वकै धार्मिक, पौराणिक, ऐतिहासिक तथा पर्यटकीय पवित्र तीर्थस्थल रिडी रुरु क्षेत्रमा माघे सक्रान्ति मेला सुरु भएको छ । नेपालकै चार धाममध्ये एक धाम रुरु क्षेत्रमा हरेक वर्ष माघे संक्रान्तिको दिनदेखि पाँच दिनसम्म मेला लाग्ने गरेको छ ।
पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाँची, रुपन्देही, रोल्पा, रुकुम, बाग्लुङ, नवलपरासीजगायतका स्थानबाट मेलामा मानिसहरू आएका छन् । यो मेलालाई यस क्षेत्रकै पर्वको रूपमा लिइन्छ ।
प्रत्येक वर्ष लाग्ने यो मेला तीन जिल्लामा फरक फरक कार्यक्रमको आयोजना गर्ने गरिन्छ । बिहानैदेखि कालीगण्डकीमा स्नान गर्ने भक्तजनको नदी तटमा भीड लागेको आयोजक संस्था रुरु फ्रेण्डस् क्लबका अध्यक्ष सोबित थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण