शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

प्रचण्डलाई भ्रमणको निमन्त्रणा दिन भारतीय विदेश सचिव नेपाल आउँदै

आइतबार, ०१ माघ २०७९, १३ : ५२
आइतबार, ०१ माघ २०७९

काठमाडौं । भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आउने भएका छन् ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारत भ्रमणको निम्तो दिन उनी नेपाल आउन लागेको भारतीय दूतावास स्रोतले जनाएका छ ।

पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट नै हुनसक्ने बताएका थिए । नेपालस्थित भारतीय दूतावास स्रोतका अनुसार सचिव क्वात्रा जनवरीको अन्तिम साता नेपाल आउने छन् ।

नेपालमा उनले प्रधानमन्त्री प्रचण्डसँग भेटेर भारत भ्रमणको निमन्त्रणा दिनुको साथै परराष्ट्र सचिवसँग दुई पक्षीय छलफल हुने बताइएको छ । प्रधानमन्त्री प्रचण्ड फरवरीको दोस्रो सातासम्म भारत भ्रमणमा जाने गरी तयारी भइरहेको छ । 
सचिव क्वात्रा यसअघि नेपालकै राजदूत भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप