आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

न्यु डायमण्डलाई हराउँदै पुलिस च्याम्पियन

आइतबार, ०१ माघ २०७९, १६ : ५७
आइतबार, ०१ माघ २०७९

काठमाडौँ । विभागीय टोली नेपाल पुलिसले सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ उपाधी जितेको छ ।  आइतबार न्यु डायमण्ड एकेडेमीलाई पुलिस क्लबले ३– २ को प्रतिस्पर्धात्मक सेटमा हराएर च्याम्पियन भएको हो। 

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा पहिलो सेट २५–२२ ले गुमाएको पुलिसले दोस्रो सेट २५–१७ ले जितेको थियो । डायमण्डले तेस्रो सेट २७–२५ ले जितेकोमा चौथो सेट पुलिसले २५–१९ ले जितेको थियो । पाँचौं सेटमा पुलिसले १५–११ को जित निकाल्न सफल भयो ।

महिलातर्फको फाइनलमा बिजेता बनेको पुलिसले चार लाख नगद पुरस्कार पाएको छ । उपबिजेतामा सिमित डायमण्डले भने २ लाख पाएको छ । तेस्रो भएको एपीएफले १ लाख रुपैयाँ हात पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप