विमान दुर्घटना हुँदा मन्त्रिपरिषद् विस्तार रोकियो, प्रचण्ड–ओलीबीच भेटवार्ता
काठमाडौँ । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाका कारण आज हुने भनिएको मन्त्रिपरिषद् विस्तार रोकिएको छ । आइतबार बिहान काठमाडौँबाट पोखरा जाँदै गरेको विमान पोखरा महानगरपालिकास्थित सेती नदीको खोँचमा दुर्घटनाग्रस्त बनेको थियो । दुर्घटनामा विमानमा सवार ७२ जनामध्ये ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने अन्य बेपत्ता छन् ।
भयानक विमान दुर्घटनापछि सरकारको सम्पूर्ण ध्यान उद्धारतर्फ केन्द्रित रहँदा आज हुने भनिएको मन्त्रिपरिषद् विस्तार रोकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सत्ता साझेदार दलका नेताहरुबीच अब थप छलफल गरेर छिट्टै मन्त्रिपरिषद् विस्तार गरिने स्रोतका भनाइ छ । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार साँझ भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ताका क्रममा मन्त्रिपरिषद्को विस्तारका साथै सभामुख चयनका विषयमा छलफल केन्द्रित भएको बताइएको छ । पुस ११ गते प्रधानमन्त्रीको शपथ लिएका प्रचण्डले पुस २६ मा विश्वासको मत लिएका थिए । विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारमा सक्रियता देखाएका प्रचण्डले सम्भवतः सोमबार नयाँ मन्त्री थप्ने बताइएको छ । प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा १८ मन्त्रालयले मन्त्री पाउन बाँकी छ ।
प्रचण्डले यसअघि गरेको मन्त्रिपरिषद् गठनका क्रममा ७ जना मन्त्री भएका थिए । जसमा तीन जनाले उपप्रधानमन्त्री र मन्त्रालयसहितको जिम्मेवारी पाएका छन् भने ४ जना विनाविभागीय छन् । शनिबार अनलाइन पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले आइतबार बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा मकवानपुरको सभापतिमा पाठक चयन
-
रास्वपा काठमाडौँको सभापतिमा राजा शाक्य निर्वाचित
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण