काठमाडौँको धापासीबाट हराएका नाबालक नौ दिनसम्म पनि फेला परेनन्
रौतहट । काठमाडौँ धापासीबाट नाबालक हराएको नौ दिन बित्दा पनि फेला नपरेपछि परिवारमा रुवाबासी भएको छ ।
गत २९ गते हराएको ३ बर्षीय अभिशेक मैनालीको ९ दिन सम्म कुनै सुुराक नलाग्दा पिडित परिवार अपहरणको आशंका गरेका छन् ।
हालसम्म अपहरणको कुुनै संकेत भने दखिएको छैन ।
अपहरण हो भने अपहरणकारीले फिरौतीको लागी कतै बाट फोन पनि नगरेको पिडित तथा अभिषेकका बुुवा गणेश मैनालीले जानकारी दिए ।
धापासीस्थित आफनै कोठामा दिउँसो परिवारसँग बसेर खाना खाँदै थिए ।
सोही क्रममा कोठा बाहिर निक्लेका ३ बर्षीय छोरा अभिषेख हाल सम्म सम्पर्क बिहिन रहेको पिडित मैनालीले बताए ।
घटना महानगरिय प्रहरी बिट धापासी,चक्रपथमा उजुुरी दिएको मैनालीले बताए ।
घटनाको २ दिनपछि बालबालिका खोज तलास केन्द्र भृकुुटी मण्डप, अपराध महाशाखा टेकुु, प्रहरी परिसर टेकुुमा समेत उजुुरी दिएको थियो ।
प्रहरी कार्यालय धाएको नौ दिन हुुनलागेको छ तर उपलब्धि भने केही नपाएको उनले दुुखेसो पोखेका छन् ।
रौतहटको फतुुआ विजयपुर नगरपालिका वडा ११ हिमालीवास घर भएका मैनाली पछिलो ७–८ बर्ष देखी काठमाण्डौ स्थित धापासीमा कोठा लिएर बस्दै आएका छन् ।
मैनाली टाटा मोबाईल भाडामा चलाउने गर्दछन् ।
नेपाल प्रहरीका प्रवक्ता डिआईजी मनोज न्योपानेले घटनालाई प्रहरीले गम्भिरता साथ हेरिरहेकाले चाँडै परिणाम आउने बताए ।
अपरहण हो की हराएको घटना बारे केही बोल्न न मिल्ने तथा अनुुसन्धान भईरहेको डिआईजी न्योपानेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
-
कांग्रेसमा केन्द्रीय सदस्य पनि महाधिवेशन प्रतिनिधि बन्न वडा तहबाटै प्रतिस्पर्धा गर्नुपर्ने !
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण