बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

कथा : अमृतश्री

सोमबार, १६ माघ २०७९, ०९ : ४२
सोमबार, १६ माघ २०७९

दक्षिण देशका अनित्थिगन्ध कुमारलाई जन्मेदेखि नै स्त्रीको गन्ध मनपर्दैनथ्यो । यस कारण, उनलाई स्तनपान गराउन समेत उनकी आमालाई समस्या हुन्थ्यो । विभिन्न अत्तर छर्केर, बाक्लो कपडामा लपेटेर उनलाई आमाले स्तनपान गराउँथिन् । 

जसोतसो हुर्केर जवान भएका अनित्थिगन्धले विवाह नगर्ने अडान लिएका थिए । घरमा उनलाई मातापिताले विवाह गरिदिन जोडबल गरिरहन्थे । उनलाई भने स्त्रीको गन्धदेखि टाढै बस्ने मन हुन्थ्यो । घरमा बसिरहँदा कुनै पनि बेला मातापिताले जबर्जस्ती उनको विवाह गरिदिन सक्थे, यही भयले एक दिन उनले घर छाडे । 

भिक्षा माग्दै उनी पूर्णवती ग्राममा आइपुगेका थिए, भिक्षा लिँदा स्त्रीको गन्ध नाकमा नठोकियोस् भनी कपडाले नाक–मुख छोपेका हुन्थे । भिक्षा दिने स्त्रीको त उनले अनुहारमै हेर्दैनथे । 

प्रायः सबै घरमा उनलाई स्त्रीले नै भिक्षा दिन्थे, एउटा घरमा भने पुरुषले दिए । नन्दपाल नाम गरेका ती पुरुष कलाकार थिए । उनको घरको आँगन अनेक थरी देवीदेउताका मूर्तिले भरिएको थियो । एउटा मूर्ति भने उनले घरभित्र लुकाएर राखेका थिए । अनित्थिगन्धको दृष्टि त्यही मूर्तिमा प¥यो । नवयौवनाको त्यो मूर्तिप्रति उनी सम्मोहित हुन पुगे । अहो ! स्त्रीहरू यति सुन्दर हुन्छन् ? 

उनले नन्दपाललाई सोधे– के तिमीले बनाएको मूर्तिजस्तै स्त्री यो संसारमा छन् ?

– किन छैनन् ? यही ग्राममा छन् । उनको नाम हो– अमृतश्री । उनलाई म हिजोसम्म प्रेम गर्थें । 

अहिले गर्दैनौँ ?  

– अहिले पनि गर्छु, किन्तु त्यसको अर्थ रहेन । 

किन ?

‘एउटा भिक्षु भएर यी सब गृहस्थी कुरामा तिमीलाई किन चासो ?’ नन्दपालले प्रतिप्रश्न गरे । 

केही नबोली अनित्थिगन्ध आफ्नो बाटो लागे । भिक्षा माग्दै जाँदा उनको पाइला अमृतश्रीको आँगनमा पुग्यो । नन्दपालले बनाएको मूर्ति उनको स्मृतिबाट बिलाएको थिएन । उनी त्यस ग्रामका प्रत्येक स्त्रीमा त्यही मूर्तिको अनुहार, आकार र अवयव खोज्थे । स्त्रीलाई हेर्नै नचाहने उनको सोचमा परिवर्तन आएको थियो । जब उनका आँखा अमृतश्रीका आँखामाथि परे, उनको गति रोकियो । भिक्षुले एकनासले आफूलाई हेरेको चाल पाएर उनी अलिकति लजाइन्, त्यस लज्जा भावले अनित्थिगन्धका लागि थप सौन्दर्य र स्नेहको रस छ¥यो, उनी त्यसकै रसास्वादनमा चुर्लुम्म हुँदै भिक्षापात्र थापिरहे । जस्तो ः अमृतश्रीले अन्न होइन, अमृत नै दिएकी छन् । 

भिक्षा लिएर मन भारी बनाउँदै उनी आफ्नो बाटो लागे । 

०००

‘हे गणपति ! हे भट्टारक ! हजुरको दर्शन भेट गर्न हातमा फूल लिएर पूर्णवती ग्रामबाट अमृतश्री नाम गरेकी यौवना आएकी छन्,’ खोपृङ्ग्रामका गणपति गुणकामदेवको अगाडि उभिएर कोटवारले भने ।

‘हातमा फूल लिएर ? के अन्याय परेछ उसलाई !’ गुणकामदेव अचम्भित मुद्रामा बोले, ‘के तिमीले उसलाई न्याय दिन सकेनौँ ? पञ्चकचहरी, चौतारा कसैले उसलाई न्याय दिन सकेन ?’

‘भट्टारक ! उसले हजुरलाई नै भेट्न चाहन्छे । हजुरले दर्शनभेट दिनुभएन भने आत्मदाह गर्ने चेतावनी दिएकी छे ।’ 

खोपृङ्ग्राम शक्तिशाली गणराज्य थियो, गणपति गुणकामदेवले आफ्नो राज्यलाई बलियो बनाउन विभिन्न स्थानमा आफू अनुकूलको बस्ती बसाउँदै थिए । त्यसका लागि उनले नगदी कर र सेवा कु उठाइरहेका थिए । सेवा कुमा चिउरा, नुन, तेल, मखन, तिल, बोका, बाख्री, सुँगुर, हाँस आदि उठाइन्थ्यो । 

सोही वर्ष अनावृष्टिले खेती भएन र अनिकाल लाग्यो । मान्छेले खाएर घरको अन्न र पशुपन्छी मात्रै होइन, वागमती र विष्णुमतीका माछा, वरपर वनका कन्दमूल, खानयोग्य झारपात र कीरा समेत सकिएका थिए । 

यति भनिसकेपछि गणपतिको अगाडि घुँडा टेकेर अमृतश्रीले फूल टक्र्याइन् । परम सुन्दरीले दिएको फूल गुणकामदेवले अनायसै समाए । उसै पनि उनी अमृतश्रीको रूप, लावण्य र शीलप्रति सम्मोहित भइसकेका थिए । 

तैपनि गुणकामदेवका कर्मचारीले पूर्णवती ग्रामवासीलाई सेवा कु बुझाउन ताकेता गरिरहन्थे । त्यसमाथि राजाको रथ हिँड्नका लागि मार्ग फराकिलो बनाउन जनताको घर भत्काइँदै थियो । नदी किनारामा गरिब र तल्लो जातका मानिसको बस्ती थियो । नदीलाई अपवित्र हुन नदिने नाममा त्यहाँका गरिब र तल्लो जातका मानिसलाई सहसा हटाउन चौताराको आदेश थियो । उनीहरूलाई आफ्नो थातथलो छाडेर जाने स्थान तोकिएको थिएन । अर्कोतिर, पहिलेदेखि नै निमुखा जनताले भोगचलन गर्दै आएको भूमि गणपतिका मान्छेले ओगटेर बस्ती बसाउने क्रम बढिरहेको थियो । माछा मार्नका लागि नदी र कन्दमूल खोज्नका लागि वन पनि जात अनुरुप छुट्ट्याइएको थियो । तल्लो जातका मानिसलाई परपर पुग्नुपथ्र्यो ।  

कतिपय ग्रामवासी आफूहरूको उठिबास हुने चिन्तामा थिए । यही अवस्थामा अमृतश्री न्यायका लागि गुणकामदेवको दरबारको द्वार ढकढकाउन पुगेकी थिइन् । गुणकामदेवको राज्यमा एउटा न्याय व्यवस्था थियो– अन्यायमा परेको जोकोही जनताले फूल लिएर राजालाई भेट्न सक्थ्यो । जनताको मागलाई पूरा गर्ने भए गणपतिले फूल ग्रहण गर्थे, अन्यथा गर्दैनथे । 

अमृतश्री अनिन्द्य सुन्दरी र मृदुभाषी थिइन् । उनले मधुर आवाजमा भनिन्, ‘हे गणपति ! न्यायदाता गणपति भनेर हजुरको नाम तीन लोक चौध भुवनमा फैलिएको छ । रथमार्ग फराकिलो बनाउनुस्, नदी किनाराका बस्ती हटाउनुस्, किन्तु हाम्रो उठिबास नहोस्, हामीले भोगचलन गर्दै आएको भूमि नखोसियोस् र यो जातभातको विभेद पनि हटाइयोस् । भूमिको कर तिर्न नसकेर कति जनताले खेती गर्ने जमिन घटाउँदै गएका छन्, उत्पादन बमोजिमको कर तोकियोस् । 

भट्टारक ! ग्रामवासीले बनाएका हस्तकलाका सामान र लत्ताकपडाको उचित मूल्य पाउने व्यवस्था होस् । उचित मूल्य नपाउँदा ग्रामवासीले आफ्नो सीप नै बिर्सन थालेका छन् ।’

यति भनिसकेपछि गणपतिको अगाडि घुँडा टेकेर अमृतश्रीले फूल टक्र्याइन् । परम सुन्दरीले दिएको फूल गुणकामदेवले अनायसै समाए । उसै पनि उनी अमृतश्रीको रूप, लावण्य र शीलप्रति सम्मोहित भइसकेका थिए । 

आफूहरूलाई न्याय हुने सम्झी मनभरि खुसी बोकेर अमृतश्री आफ्नो ग्राममा फर्किन् । गुणकामदेवले अमृतश्रीको फूल ग्रहण गरेको खबर पूर्णवती ग्रामभरि फैलन बेर लागेन । त्यस रात पूर्णवती ग्रामका गरिब, निमुखाले दीपावली गरे । अर्को दिनदेखि उनीहरू नजिकैको वनमा सिकार गर्न र कन्दमूल खोज्न कमिलाझैँ ताँती बनेर निस्के । नदीबाट पानी बोकेर आफूहरूले भोगचलन गर्दै आएको जमिनमा खेती गर्न पनि थाले ।

०००

ग्राम–ग्राममा कुरा चल्न थाल्यो– गुणकामदेवले अमृतश्रीसँग विवाह गर्दै छन् । अमृतश्रीप्रति गणपति आशक्त त थिए, तर उनले विवाहको इच्छा व्यक्त गरिसकेका थिएनन् । उनले कुनै पनि इच्छा मनमा पाले पुग्थ्यो, गणपतिको इच्छालाई बाँध्न सक्ने राज्यमा कुनै थिति थिएन । जातभातको व्यवस्थामा भने उनी अलि सजक थिए । उनलाई ज्ञान थियो– सोझा जनतामाथि शासन गर्ने एउटा हतियार धर्म नै हो । जात नमाने धर्म जान्छ भन्ने भ्रामक मान्यताले उनको राज्यमा उनले भन्दा बढी शासन गरेको थियो । 

गुणकामदेव मुसुक्क हाँसे र बोले– तिमी आफ्नो विचार सुनाउँदै छौ कि मेरी पत्नीको ? म शक्ति–साधनामा छु । तिमीहरू मेरो मनलाई विचलित बनाउने कुनै कुरा नगर, म सचेत छु । यद्यपि अमृतश्रीको सौन्दर्य मेरो स्मृतिबाट बिलाउन सकेको छैन ।’

गणपतिले अमृतश्रीको फूल ग्रहण गरेपछि राजगुरु आत्तिए– माथिल्लो र तल्लो जात नरहे शासन कसरी गर्ने ? जात व्यवस्थामै जनतालाई तहगत रूपमा शासन गर्न सम्भव छ । 

एक बिहान, गुणकामदेव अष्टमातृकाहरूको दर्शनका लागि निस्केका थिए । शोभा भगवतीको प्रांगणमा बसी थकाई मारेका बेला राजगुरुले भने– भट्टारक ! जनताले शासक फेर्न सक्छन्, तर धर्म–संस्कृति फेर्न सक्दैनन् । त्यसैले जनतालाई हाम्रो अनुकूलको धार्मिक नियम र नयाँ नयाँ संस्कृतिमा बाँध्नैपर्छ । वरिपरि देवीदेउता स्थापना गर्ने कार्य र राज्य विस्तारको कार्य द्रूत गतिमा भइरहेको छ, यी दुवै कार्यको गति रोकिनु कदापि शुभ हुँदैन । 

अमृतश्रीका पिता विजयपाल पश्चिमतिरको कुनै देशबाट ज्यान जोगाउन यस मञ्जुगर्त भूभागमा छिरेका रहेछन् । यिनी पूर्णवती ग्राममा सामन्त बन्न चाहन्छन्, यिनको भित्री उद्देश्य यस क्षेत्रकै सम्राट् बन्नेछ । त्यसैले यिनले पूर्णवती ग्रामका तल्लो जातका जनतालाई आफ्नो पक्षमा पार्दै छन् । सुन्नमा आए अनुसार, यिनले आफ्नो थर पाल बताए पनि यिनी शूद्र हुन् । 

गणपति ! हजुर अमृतश्रीको कुरामा बहकिनु उचित हुँदैन । राज्य भावनाले होइन दृढ संकल्पले चल्छ । समाजका मानिसबीच सानो र ठूलोको तहगत भेद जति बलियो बन्छ, माथि बसेर राज्य गर्न त्यति नै सहज हुन्छ । यसर्थ, हामीले समाजमा ठूलो–सानो विभेद र वैमनश्यताको बीउ रोप्नैपर्छ ।’

गुणकामदेव मुसुक्क हाँसे र बोले– तिमी आफ्नो विचार सुनाउँदै छौ कि मेरी पत्नीको ? म शक्ति–साधनामा छु । तिमीहरू मेरो मनलाई विचलित बनाउने कुनै कुरा नगर, म सचेत छु । यद्यपि अमृतश्रीको सौन्दर्य मेरो स्मृतिबाट बिलाउन सकेको छैन ।’

पूर्णवती ग्राम भएर रथबाट दरबार फर्कंदै गर्दा गुणकामदेवले सारथीलाई सोधे– तिमीले अमृतश्रीको घर चिनेका छौँ ?

सारथीले टाउको हल्लाए ।  

जे नहोस् भन्ने चिन्ता राजगुरुलाई थियो, त्यही हुन्छ कि जस्तो संकेतात्मक परिदृश्य देखिन खोज्दै थिए । यसप्रति राजगुरु सतर्क हुने भए । 

०००

एक दिन अमृतश्रीको देहावसान भयो । पुत्रीको मृत्यु कसरी भयो भन्ने सम्बन्धमा विजयपालले मुख खोलेनन् । अनेक थरी सुन्नमा आउँथ्यो– अमृतश्रीको घाँटीमा नीलडाम थियो । उनको छातीमा बाण रोपिएको थियो, उनलाई विष खुवाइएको हो । मान्छेहरू यही प्रमाणित गर्न खोज्थे– उनको मृत्यु होइन, हत्या भएको हो ।  

मनमा त्रास र कुतूहलता लिएर उनी कालो छाया भएतिर गए । द्वार बाहिरबाट अनित्थिगन्ध बोले– भट्टारक ! भयभीत हुन आवश्यक छैन । 

निकै दिनपछि राजाको कानमा अमृतश्रीको मृत्युको खबर पुग्यो । खबर साँचो हो कि झुटो भनी बुझ्न उनी अश्व चढेर एक्लै पूर्णवती ग्राम आइपुगे । खबर साँचो पुष्टि भयो । भावविह्वल बनेका गुणकामदेव निरुद्देश्य ग्राममा अश्वसवार भई डुलिरहेका थिए । उनको दृष्टि कलाकार नन्दपालको आँगनमा पुग्यो । आँगनभरि मूर्ति थिए, मन बहलाउन अनायसै उनी त्यतै लागे । अश्वबाट ओर्लेर ती मूर्तिहरू नियाल्न लाग्दा उनले घरभित्र नन्दपाललाई देखे, उनले अमृतश्रीको प्रतिमालाई एकटकले हेरिरहेका थिए ।

त्यस प्रतिमाको रूप र आकृतिले गुणकामदेवलाई अमृतश्रीको सम्झना गरायो । उनले त्यस मूर्तिलाई भगवतीको रूपमा स्थापना गर्ने आदेश दिए । वागमती नदीको किनारमा अमृतश्रीको मूर्ति स्थापना गरियो । त्यहाँ मानिसहरूले पूजाअर्चना सुरु गरे । 

०००

अनित्थिगन्ध पूर्णवती ग्राम वरपर रहेर भिक्षा मागी दिन काटिरहेका थिए । अमृतश्रीको निधनको खबर उनका लागि पनि कष्टकर बनेको थियो । एक दिन मध्यरातमा उनी गुणकामदेवको दरबारमा पुगे । सोही दिन मध्यरातमै गुणकामदेवको निद्रा खुल्न पुगेको थियो । उनको मनमा लाग्दै थियो– मध्यरातमा बिउँझनु शुभ संकेत होइन । उनले झ्यालबाट बाहिर नियालिरहेका थिए, द्वारमा कालो छाया देख्न पुगे । फागुन कृष्णपक्ष षष्ठीको चन्द्रमा धर्तीभरि छरिएको थियो । दरबारको पर्खालभित्र द्वारे, सिपाही सबै गहिरो निद्रामा थिए, चारैतिर सन्नाटा छाइरहेको थियो । 

गुणकामदेवलाई जिज्ञासा भइरहेको थियो– त्यो कालो छाया कसको हो ? देवीदेउताको छल हो कि ? कुनै संकेत पो हो कि ? कतै लुटेरा वा गुप्तचर हुन् कि ?

मनमा त्रास र कुतूहलता लिएर उनी कालो छाया भएतिर गए । द्वार बाहिरबाट अनित्थिगन्ध बोले– भट्टारक ! भयभीत हुन आवश्यक छैन । 

उनले गुणकामदेवलाई आफ्नो सम्पूर्ण परिचय दिए, अन्तमा भने– भिक्षा माग्दै हिँड्ने क्रममा म अमृतश्रीको प्रेममा परेको थिएँ । उनको देहावसानपछि म विक्षिप्त भएँ । लामो विक्षिप्तताले ममा ज्ञान आयो– अमृतश्री नन्दपालले बनाएको मूर्तिमा छैनन्, ग्रामवासीको मनमा छन् । उनी कथा भइसकेकी छन् । उनको कथा कहिले कुन अमृतश्रीको मन–मस्तिष्कमा प्रवेश गर्छ, यसै भन्न सकिँदैन । अमृतश्रीहरूले सधैँ फूल लिएर यस दरबारको ढोका ढकढकाउने छैनन्, पत्थर लिएर पनि आउन सक्छन् । 

भट्टारक ! अमृतश्रीका मागहरू छिटो पूरा गर्नुस्, यसमै सबैको भलाइ छ । अन्यथा मध्यरातमा हजुरको निद्रा सधैँ बिथोलिनेछ । 

क्रमश...

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप